राष्ट्रपति आज विराटनगर आउँदै

राष्ट्रपति आज विराटनगर आउँदै

विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार मध्यान्ह १२ बजे विराटनगर आउँदै छिन्। पूर्वाञ्चल विश्व विद्यालयको रजत महोत्सव उद्धघाटन गर्न प्रमुख अतिथिका रुपमा भण्डारी आउने कार्यक्रम तय भएको हो।

हेलिकोप्टरमार्फत विराटनगर विमानस्थलमा ओर्लिएपछि उच्च सुरक्षाका साथ उनलाई विराटनगरको पुष्पलाल चोकस्थित कार्यक्रम स्थलमा पुर्‍याइने छ। महोत्सव उद्धघाटनपछि उनलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले एक समारोहका बीच अभिनन्दन गर्ने भएको छ। राष्ट्रपति भण्डारी उक्त क्याम्पसको पूर्व विद्यार्थी भएको र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उनलाई क्याम्पसले अभिनन्द गर्ने क्याम्पस प्रमुख बाबुराम तिमसिनाले बताए।

राष्ट्रपति भण्डारीले २०३९ साल देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तहको अध्यन गरेकी थिइन । अध्ययनका क्रममा उनी २०४० साल बैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भइन। 

यसैबीच राष्ट्रपति भण्डारी आउने तय भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। विराटनगर विमानस्थलदेखि कार्यक्रमस्थल सम्म र वरपर ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै सबै ठाउँमा सुरक्षा निगरानी बढाइएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.