२ सय ३५ केजी चरेससहित २ भारतीय पक्राउ
धादिङ : धादिङको गजुरीबाट २ सय ३५ किलो अवैध लागूऔषध चरेससहित २ जना पक्राउ परेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारबाट चरेससहित २ जना भारतीय नागरिक पक्राउ परेका हुन्।
चरेससहित भारतका उत्तर प्रदेश निघौली सिहोदावाद रोड निवासी सत्यन्द्र सिंह वेघल र कन्टेनरमा सवार पर्सा सोनवर्षा ५ का लाल मोहम्मद गद्दीलाई पक्राउ गरिएको हो।
विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोसहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको एच आर ३८ एस ९३७१ नम्बरको भारतीय कन्टेनरमा क्याबिन माथिको भागमा फल्स बटन बनाई लुकाएर लैँजादै गरेको अवस्थामा चरेस बरामद गरिएको इलाका प्रहरी कार्यलय गजुरी धादिङका प्रमुख प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।
उनले भने, 'धादिङको ग्रामिण इलाकाबाट ठूलो परिमाणमा चरेस तस्करी हुँदै छ भन्ने विशेष सुराकी लागूऔषध नियन्त्रण ब्युरोलाइ प्राप्त भएपछि राजमार्गमा सतर्कता अपनाइएको थियो।बिहीबार बिहान ३ बजेतिर प्रहरीले चरेससहित २ जना पक्राउ गरिएको हो।
पक्राउ परेकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।