अदालतले दोषी ठहर गरे रेशमले सजाय भोग्नुपर्छ : गोकुल बाँस्कोटा

अदालतले दोषी ठहर गरे रेशमले सजाय भोग्नुपर्छ : गोकुल बाँस्कोटा

काठमाडौं : सरकारका प्रवक्ता र सूचना प्रविधि तथा संञ्चारमन्त्री समेत रहेका गोकुल बाँस्कोटाले अदालतले दोषी ठहर गरे रेशम चौधरीले सजाय भोग्नुपर्ने बताएका छन्। नियमती पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कानुन अनुसार चुनाव लड्नु, जित्नु  र शपथ लिनु स्वभाविक रहेको बताएका हुन्।

'अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्छ' उनले भने,'राजनीतिक सम्बन्ध र न्यायीक कुरा फरक हो। अदालतले दोषी ठहर गरे सजाय भोग्नुपर्छ।'

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि बिहीबार मात्र शपथ लिएका हुन्। 

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो। सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको उनीमाथि अभियोग छ।

फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.