कारको ठक्करबाट मोटरसाइकल सवार दुईजनाको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल सवार दुईजनाको मृत्यु

बिर्तामोड : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।  बिहीबार दिउँसो बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र त्यही स्थानका २८ वर्षीय सविन लिम्बूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृतक दुवै मोटरसाइलमा सवार थिए । सन्जुहाङको घटनास्थलमा र सविनको उपचारका क्रममा ज्यान गएको झापाका प्रहरी पवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ठक्कर दिने कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.