कम्पनी रजिष्ट्रारका कम्प्युटर अपरेटर सात हजार घुससहित पक्राउ
काठमाडौं : कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेय घुससहित पक्राउ परेका छन्।
कम्पनीमा कायम रहन आएका शेयरधनीको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग सात हजार घुस रकम लिएको आरोपमा उनी पक्राउ परेका हुन्।
कार्यालयमा बिचौलियाको काम गर्ने सरिता कार्कीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। अपरेटर आत्रेय र विचौलिया कार्कीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर भएको छ।