मेलौली नगरपालिमा एम्बुलेन्स सञ्चालन

मेलौली नगरपालिमा एम्बुलेन्स सञ्चालन


बैतडी : बैतडीको मेलौली नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ। नगरपालिकाले १० लाख ४९ हजारमा एम्बुलेन्स खरिद गरी सेवा सञ्चालन गरेको नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। उनले भने, ‘जिल्लाको तल्लोसोराड क्षेत्रमा एम्बुलेन्स नभएकै कारण धेरैले ज्यान गुमाउनु पर्ने स्थिती थियो।

सोही अवस्थालाई मध्यनजर गरेर हामीले कार्यपालिकाबाट एम्बुलेन्स खरिदको निर्णय गरेका थियौं। सोही निर्णयअनुसार एम्बुलेन्स खरीद गरेर सञ्चालनमा ल्याएका छौं।’

केही दिन अघि मात्रै एम्बुलेन्स खरिद गरेर नगरपालिकामा भित्र्याएको नगरप्रमुख नायकले बताए। एम्बुलेन्स सञ्चालनमा आएसंगै कमजोर आर्थिक अवस्था भएका र जटील खालका बिरामीहरुलाई सजिलो हुने उनको भनाइ छ।

उनले भने ‘हामीले कतिपय सुत्केरीहरुलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनु परेको देखेका छौं। कतिपय आकस्मिक बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्दा ठूलो क्षति भएको देखेका छौं। अब यी समस्याको अन्त्य हुने हामीले विश्वास छ।’ मेलौलीमा एम्बुलेन्स सेवा सुरु भएसँगै जिल्लाका ४ स्थानीय तहमा एम्बुलेन्स सेवा पुगेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.