लगानी सम्मेलनमा प्रधानमन्त्रीको अभिनन्दन विवादित, फोटोमा पोतियो कालो

लगानी सम्मेलनमा प्रधानमन्त्रीको अभिनन्दन विवादित, फोटोमा पोतियो कालो

इलाम : इलाममा लगानी भित्र्याउने उद्देश्यका लागि शुक्रबार हुन लागेको लगानी सम्मेलनमा  पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम थपिएपछि सम्मेलन नै विवादमा परेको छ । 

लगानी सम्मेलनमा प्रधानमन्त्री अभिन्दन कार्यक्रमको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले विरोघ जनाएपछि सम्मेलन कार्यक्रम नै विवादमा परेको हो।  कांग्रेस इलामका अध्यक्ष हिमालय कर्माचायले विज्ञप्ति निकालेर अभिनन्दन कार्यक्रमको विरोध जनाएका छन् । 

खस्कदो शान्ति शुरक्षा, अनियन्त्रित हत्या, बलात्कार र संस्थागत भ्रष्टाचार लगायतका कारण विवादमा आइरहेका प्रधानमन्त्रीको अभिनन्दनले इलामबासीको मान मर्यादा र चेतनाको अवमूल्यन हुने कांग्रेसको विज्ञप्तिमा भनिएको छ।  

कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । बिहीबार साँझ कांग्रेसले नगरभरि पर्चा छरेको छ ।  कार्यक्रमको प्रचारका लागि टाँगिएका पर्चामा प्रधानमन्त्री ओलीको तस्बिर राति नै कालो पोतिएको छ । 

कांग्रेसको विरोधपछि इलामको टुँडीखेलमा हुने भनिएको अभिनन्द कार्यक्रम सम्मेलन स्थल गौतमबुद्ध सभागृहमा सरेको नगरपालिकाले जनाएको छ । 

टुँडीखेल, चोक बजार र कांग्रेस पार्टी कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ ।  नगरप्रमुख महेश बस्नेतले विवाद आउनु लोकतन्त्रको सौन्दर्य भएको प्रतिकृया दिएका छन् । उनले भने ‘विवाद जहाँ जे मा पनि गर्न सकिन्छ, नगरपालिकाले कारणसहित सर्वसहमत निर्णय गरेर अभिनन्दन गर्न लागेको हो।’ 

लगानी सम्मेलन इलाम नगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग बाणिज्य संघको संयुक्त आयोजनमा गर्न लागिएको हो । 
नेपाली कांग्रेस इलामले भने खलंगा स्थापनाको दुई सय बर्षको अवसरमा ८० लाख भन्दाबढि खर्च भएको भन्दै कार्यक्रम र सम्मेलनका नाममा कार्यकर्ता पोस्ने काम भएको आरोप लगाएको छ। 

मेयर बस्नेतले लक्ष्य गरे भन्दाबढी खर्च भएको स्विकार गरेका छन् । उनले भने ‘व्यक्तिले लगाएको पुराणमा त अनुमान गरेको रकमले पुग्दैन, यहाँ पनि अलिक बढी खर्च भएको छ।’ बर्षभरी गर्ने कार्यक्रमका लागि नगर कार्यपालिका बैठकले दश लाख मात्र विनियोजन गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.