वीरगन्ज नाकाबाट ५ महिनामा डेढ अर्बको ट्रान्सफर्मर भित्रियो

वीरगन्ज नाकाबाट ५ महिनामा डेढ अर्बको ट्रान्सफर्मर भित्रियो

वीरगन्ज : भारतबाट वीरगन्ज नाका हुँदै पछिल्लो पाँच महिनाको अवधिमा मात्रै १४ हजार एक सय १६ थान विद्युतीय ट्रान्सफर्मर नेपाल भित्रिएको छ।चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म भारतबाट वीरगन्ज नाका हुँदै एक अर्ब ५१ लाख ८४ हजार दुई सय ८० रुपैयाँ मुल्यका १४ हजार एक सय १६ थान ट्रान्सफर्मर नेपाल भित्रिएको हो। 

गत आर्थिक वर्षको सोही अवधिमा भारतबाट वीरगन्ज नाका हुँदै ३० करोड ४९ लाख ११ हजार तीन सय ८९ रुपैयाँ मुल्यको नौ हजार आठ सय नौ थान मात्र ट्रान्सफर्मर भित्रिएको थियो। चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा (साउनदेखि मंसिरसम्म), गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७० करोड दुई लाख ७२ हजार आठ सय ९१ रुपैयाँ बढी मुल्यको अर्थात् पाँच हजार २७ थान बढी ट्रान्सफर्मर आयात भएको हो। 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा सबैभन्दा बढी एक केभीए क्षमताको ट्रान्सफर्मर, आठ हजार नौ सय ९८ थान आयात भएको छ । यस्तै ६ सय ५० केभीए क्षमताका तीन हजार तीन सय ४७ थान, पाँच सय केभीए क्षमताको एक हजार एक सय १४ थान , १६ केभीए क्षमताको ६ सय ४४ थान र १० हजार केभीए क्षमताको ट्रान्फर्मर १३ थान मात्र भित्रिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले जानकारी दिए। 

गत आर्थिक वर्षको सोही अवधिमा भने सोही नाका हुँदै एक केभीए क्षमताको ट्रान्सफर्मर आठ हजार तीन सय पाँच थान , ६ सय ५० केभीए क्षमताको ६ सय ६४ थान , पाँच सय केभीए क्षमताको ६८ थान , १६ केभीए क्षमताको ४५ थान र १० हजार केभीए क्षमताको सात थान मात्र आयात भएको थियो। 

गत बुधबार मात्रै भारतको गुजरात राज्यको बडोदराबाट रक्सौल नाका हुँदै वीरगन्जस्थित भन्सार कार्यालयमा १८ वटा ट्रकमा दुई सय ७० थान ट्रान्सर्फमर भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी महत्तोले जानकारी दिए।   

चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा भारतबाट नेपाल आयात गरिएको ट्रान्सफर्मरबाट वीरगन्ज भन्सार कार्यालयले १५ करोड ५५ लाख १३ हजार दुई रुपैयाँ राजश्व संकलन गरेको छ।  गत आर्थिक वर्षको सोही अवधिमा आयात भएका ट्रान्सफर्मरबाट भन्सार कार्यालयले चार करोड ४६ लाख ७४ हजार पाच सय आठ रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो।

आयात गरिएका ट्रान्सफर्मर भारतको गुजरात राज्यको बडोदरा सहरमा उत्पादित हुने गरेको भन्सार कार्यालयका एक कर्मचारीले बताए।  पछिल्लो समय नेपालका विभिन्न स्थानमा जलविद्युत आयोजनाको निर्माण कार्य चलिरहेकाले भारतबाट ट्रान्सफर्मरको आयात बढेको नेपाल विद्युत प्राधिकरणकी सूचना अधिकृत लीला अर्यालले बताइन्। 

नेपाल विद्युत प्राधिकरणले पनि अघिल्लो आर्थिक वर्षमा भारतका विभिन्न्न कम्पनीसँग तीन हजार चार सय थान ट्रान्सफर्मर खरिद गर्ने सम्झौता गरेको जानकारी अर्यालले दिइन्।  ती मध्ये चालु आर्थिक वर्षमा एक हजार दुई सय थान मात्र ट्रन्सफर्मर, वीरगन्ज नाका हुँदै आयात गरिएको भन्दै उनले भनिन्, 'अरु दुई हजार दुई सय थान आउन बाँकी नै छ , केही आउने क्रममा पनि छन्।

यस बाहेक औद्योगिक प्रतिष्ठानले पनि उद्योगमा जडानका लागि छिटफुट रुपमा भारतबाट ट्रान्सफर्मर आयात गर्ने गरेको अर्यालले बताइन्।अर्यालका अनुसार विद्युत प्राधिकरणले चीनबाट पनि केही परिमाणमा ट्रान्सफर्मर आयात गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.