पहाडी जिल्लाबाट आधुनिक युगको सुरुवात : प्रधानमन्त्री ओली

पहाडी जिल्लाबाट आधुनिक युगको सुरुवात : प्रधानमन्त्री ओली

फिदिम : प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी जिल्लाबाट आधुनिक युगको सुरुवात भएको बताएका छन्। भेडेटार राँके सडक खण्डको कालोपत्रेको शिलान्यास गर्न इलाम पुगेका ओलीले पाँचथर र इलाम जस्ता पहाडी जिल्लाबाट आधुनिक नेपालको सुरुवात हुने बताएका हुन्। सडक मार्गसँगै जलमार्ग निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ।

'पहाडी जिल्लालाई आधुनिक तरिकाले विकास गर्न सरकार लागि परेको छ,' ओलीले भने,'‘अब पहाडबाट विकासको गति तीब्र गतिमा बढेको छ।' सरकारले नयाँनयाँ कामको सुरुवात गरेकाले ढुक्क भएर बस्न ओलीले आग्रह गरे। 'सरकारप्रति पूर्ण रुपमा भरोस गर्नहोस्, ओलीले भने,'अब नेपाली जनताले अभावमा बस्नु पर्दैन।'

समाजिक सुरक्षा भत्ता सरकाले वृद्धि नगरेको भन्दै विपक्षीले धेरै आलोचना गरेको भन्दै ओलीले सामाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम तत्कालिन एमालेले ल्याएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताए।

ओलीले सरकाले नयाँ कामको थालनी गरिसकेको बताए। बिजुली पानी र सडकको विकासलाई सरकाले विशेष प्राथमिकतामा राखेको उनको भनाई छ। 'विश्वस्तरको शिक्षा अब नेपालबाटै प्रदान हुनेछ,ओलीले भने,'विद्यार्थीको सुन्दर भविष्यका लागि सरकारले जिम्मा लिनेछ।'

रेलमार्ग र जलमार्ग विकासका लागि सरकाले विशेष कार्यक्रम ल्याएको ओलिएको भनाई थियो। शिलान्यास कार्यक्रममा ओलीले रबी बजारका लागि स्वीच खोलेर बिजुली समेत बालेका थिए। आजैबाट रबी बजारमा राष्ट्रिय प्रशारण लाइनको बिजुली समेत बाल्न थालिएको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई समापनको क्रममा बोल्दै महासेठले चार वर्षमा नेपालका सबै स्थानीय तहमा स्तरीय सडकको विकास गर्न सरकार लागि परेको बताए। 'चार वर्षमा सबै स्थानीय तहका केन्द्रमा पक्‍की सडक पुग्नेछन्,'महासेठले भने,'त्यसका लागि सरकारले कार्यतालिका बनाएर अघि बढेको छ।'

भारतसँग मिलेर चाँडै पानीजहाज सञ्चालन गर्न पनि सरकारले अन्तिम तयारी गरेको उनको भनाई थियो। 'जलमार्गका लागि प्राविधिकको टोलीले काम गरिरहेको छ,'महासेठले भने, 'त्यसको पनि काम चाँडै हुनेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.