भेडेटार राँके सडकखण्डको कालोपत्रे सुरु
![भेडेटार राँके सडकखण्डको कालोपत्रे सुरु](https://annapurnapost.prixacdn.net/media/albums/kalopatre-ilam-sadak_20190104091647_XgTa2Pq8d5.jpg)
फिदिम: पाँचथर, इलाम र धनकुटालाई जोड्ने भेडेटार राँके सडकको कालोपत्रेका लागि औपचारिक रुपमा कामको सुभारम्भ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पाँचथरको रबीमा सडक कालोपत्रेको शिलान्याश गरेका हुन्।
भेडेटारदेखि राँकेसम्मको एक सय किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरुवात गरिएको हो। तीन वर्ष भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अघि बढाइएको हो। यो सडकले पाँचथरसहित इलाम, धनकुटालाई प्रत्यक्ष रुपमा जोडेको छ।
सडक सुधार तथा विकास योजना निर्देशनालयमार्फत सडक कालोपत्रेको कामलाई अघि बढाइको हो। तीन करोड २६ लाख अमेरिकी डलरमा सडक कालोपत्रे गर्न लागिएको हो। भेडेटारदेखि राँकेसम्म क्लास थ्री फिडर रोड निर्माण गर्ने गरी प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेका हुन्।
नौ मिटर फराकीलो सडकमध्ये सात मिटर चौडाई कालोपत्रे गर्न लागिएको हो। कालोपत्रे गर्ने कामको जिम्मा भारतीय निर्माण कम्पनी एपीसीओ इन्फ्राटिच प्राइभेट लिमिटेडले पाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)