करारका शिक्षकलाई स्वतः स्थायी किन ?
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले करारमा काम गरिरहेका शिक्षकलाई स्वतः स्थायी गर्ने कार्यप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अपत्ति जनाएको छ।
करार, अस्थायी र आंशिक प्राध्यापन गर्ने गरी नियुक्त भएका शिक्षकहरुलाई स्वतः वा निश्चित कोटा छुट्याएर स्वच्छ प्रतिस्पर्धा गर्ने तयारी विश्वविद्यालयले गरिरहेको छ।
अपारदर्शी ढङ्गबाट सामान्य प्रक्रिया पुर्याई सीमित व्यक्तिका बीचमा मात्र प्रतिस्पर्धा गराई स्थायी गर्ने प्रक्रिया अप्रजातान्त्रिक र असंवैधानिक ट्रान्सपेरेन्सी इन्टरनेसनलले जनाएको छ।
यो प्राकृतिक न्याय र सुशासनको सिद्धान्तविपरीत कार्य भएको ट्रान्सपेरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीले बताए।
उनले खुला प्रतिस्पर्धा बिना गरिने कुनै पनि प्रकारका नियुक्तिमा पारदर्शिताको अभावले योग्य व्यक्तिको छनौट हुन सक्ने संभावना न्यून हुने उनले बताए ।
योग्य शिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारबाट बञ्चित हुनुपर्ने स्थिति आउनु मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था भएको ट्रासन्पेरेन्सीले विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तीमा कानुनी राज्यमा हुने समानताको हकको सुनिश्चितताको आधारमा मात्र विश्वविद्यालय अन्तर्गतका शिक्षको स्थायी गर्ने व्यवस्था हुने स्थिति सिर्जना गर्न टीआई नेपाल जोडदार माग गरिएको छ।