इतिहासका एक डिस्टोर्टेड पात्र
लोकतन्त्र सधैं सोझो बाटो हिँड्दैन। अहिले त झन् हामी निर्वाचित तानाशाहीको युगमा छौं। तुलसी गिरी नेपाली लोकतन्त्रको उल्टो यात्राका सारथि थिए।
तिनताका कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीकहाँ नियमित जस्तो जाने दिनचर्या थियो। म कीर्तिपुर बस्थेँ। उहाँ कहिले धापासी त कहिले पुरानो बानेश्वर बस्नुहुन्थ्यो। कहिलेकाहीँ फर्कनेबेला उहाँले साधनमा लिफ्ट पनि दिनुहुन्थ्यो। हाम्रो धेरै समय बौद्धिक विमर्शले लिन्थ्यो।
एक दिन बहस लम्बिँदै गयो। उहाँले हठात् साँझको पारिवारिक जमघट पूर्व प्रधानमन्त्रीकहाँ सम्झनुभयो। त्यो पारिवारिक जमघट तुलसी गिरीकहाँ रहेछ। मैले फ्याट्ट बोलिहाले, मलाई नेपाली राजनीतिक दुई पात्र भरतशमशेर र तुलसी गिरी अलग कारणले मन पर्छन्। परस्पर विरोधी राजनीतिक पृष्ठभूमि तर दुवै अभिजात्य वर्गका। ‘ए, शंकर बाबु भन्नुस् त के कारण होम लिएनन्। तर तुलसी गिरी र भरतशमशेरले स्वेच्छिक अवकाश लिएका थिए। आर्यघाट नपुग्दासम्म अनेक राजनीतिक जोखाना र तिकडमबाजीबाट उनीहरू मुक्त थिए। भलै तुलसी गिरीको राजनीतिक आस्थासँग मेरो सम्मति थिएन। आफूलाई मन नपरेको वा चित्त नबुझे पनि काममा अर्थहीन सम्झौता गरेर उनीहरू राजनीतिमा घिसिपिटी गरेनन्। यही कारणले मलाई तुलसी गिरी र भरतशमशेरका दृष्टिकोण मन पर्छन्।’
प्रदीप गिरीले कुराको बिट मार्दै भन्नुभयो– ‘ल आज म तपाईंको कुरा काकासमक्ष राख्छु। नयाँ पुस्ताले तपार्इंलाई सकारात्मक दृिष्टकोणले समेत हेरिरहेछ भनेर।’ मेरो तर्कमा प्रदीप गिरी सहमत भएको देखेर म खुसी हुनु स्वाभाविक थियो।नेपाली राजनीतिमा ‘पञ्चायतको आमा’को श्रेय पाएका डा. तुलसी गिरी बीपी कोइरालालाई धोखा दिएका कारण कांग्रेस समर्थकका नजरमा खलनायक प्रतीत हुनु स्वाभाविक थियो। कांग्रेसको भलो डाक्टरहरूले गरेका छैनन् भन्ने प्रदीप गिरीको एउटा जबर्जस्त थेसिस नै छ। आज पनि कांग्रेस पार्टीमा केन्द्रमा कम्युनिस्ट पार्टीमा भन्दा धेरै डाक्टर छन्। पीएचडी हुन् वा एमबीबीएस। २०४६ पछि आर्थिक मामिला हेर्ने अवसर पाएर देशलाई दिशा दिन नसक्ने नेताहरूका प्रति प्रदीप गिरीको यो भनाइ लक्षित छ। २००७ सालको पुस्ताका डाक्टरले त हाकाहाकी राजालाई साथ दिएका भइहाले। मलाई उहाँको यो थेसिस सुन्दा लाग्थ्यो– आफ्ूले पीएचडी नगर्ने अनि अरूलाई उडाउने। तर प्रदीप गिरीको ज्ञानका हिसाबले कोही स्वनामधारी पीएचडी भन्दा कम छैनन्, यो लोकले स्वीकार गरेको सत्य तथ्य हो। गहिरिएर सोच्दा, डाक्टरहरूको ज्ञान किताबी भयो, जमिनसँग जोडिएको भएन भन्ने उहाँको ठम्याइँ होला भन्ने लाग्छ।
तुलसी गिरीको व्यक्तित्वलाई न्याय गर्न इतिहासको शोधार्थी भएर हेर्नुपर्छ। के तुलसी गिरी वा विश्ववन्धु थापाहरूले राजाको पक्षमा उभिएकाले मात्रै राजाले प्रजातन्त्रको घाँटी निमोठेका हुन् त ‘रेस्पोन्सिविलिटी अफ इन्टेलेक्चुअल्स’ पुस्तकमा नोम चोमस्की लेख्छन्– न्युरेम्बरवर्ग ट्रायल इतिहासका एउटा आततायी र बर्बर घटना हो। त्यहाँ कसैलाई पनि फेयर ट्रायलको सुविधाबाट वञ्चित गरिएको थियो। न्युरेम्बरको ट्रायललाई आधार मान्ने हो भने दोस्रो विश्वयुद्ध यताका सबै आर्मोठी राष्ट्रपति जेल जानुपर्छ। कोही इतिहासको विपरीत धारामा उभियो हा¥यो, के ऊ ‘फेयर ट्रायल’ को योग्य पात्र हुन सक्दैन ! तुलसी गिरीले यसरी नेपाली इतिहासमा फेयर ट्रायलको अवसर न्युरेम्बरवर्ग ट्रायलका रोजिले जस्तै प्राप्त गर्नेवाला छैनन्।
उनी लोकतन्त्रमा विश्वास गर्दैनथे। उनको कुलिन र सौखिन व्यक्तित्व राजनीतिमा विश्वास गथ्र्यो तर चुनावको झमेला मन पराउँदैनथ्यो। राजामा दैवीय शक्ति छ, उनको परिक्रमा गर, पद हत्याउ र रैतीमाथि शासन गर पछि नै उनको बुझाइ बीपीले जतिसुकै माया र स्नेह गरेको भएता पनि तुलसी गिरी कांग्रेस पार्टीमा रहिरहेर प्रधानमन्त्री हुन मुस्किल थियो, उनले आफ्नो क्षमता र विशिष्टता अनुसार सर्टकट बाटो रोजे।दोस्रो विश्वयुद्धपछि राजनीतिशास्त्री स्यामुअल पी. हन्टिङटनका भाषामा भन्नुपर्दा प्रजातन्त्रको ‘दोस्रो लहर’ आयो र ‘दोस्रो विपरीत लहर’ पनि सँगसँगै आयो। तुलसी गिरी नेपाललाई प्रजातन्त्रको ‘दोस्रो विपरीत लहरमा’ उभ्याउने अभ्र्यचनाका योजनाकार भए। उनले राजाबाट त्यसबापत पुरस्कार पनि हात पारे। उनी चाँडै प्रधानमन्त्री पनि बने। नेपालमा शासन गर्ने जो कोही शासकले चीन र भारतका शासकको कानेखुसी मानेकै हुन्छ। तर तुलसी गिरीलाई यस्ता कुरा स्वीकार्य थिएन। राजाको राष्ट्रियता व्यावहारिक सम्झौतामा टुंगिन्थ्यो तर उनलाई सम्झौता स्वीकार्य थिएन। त्यसैले उनको सत्ता गमनमा उकालो ओरालो आइरह्यो।
राजा महेन्द्रले ‘कु’ गरेको भोलिपल्ट १६ डिसेम्बर १९६० मा भारतीय प्रधानमन्त्री नेहरूलाई घुमाउरो भाषामा समर्थन खोज्दै चिठी पठाएका थिए। त्यो चिठी ‘सेलेक्टेड वक्र्स अफ’ जवाहरलाल नेहरूको ६५औं खण्डमा संग्रृहीत छ। राजाले त्यत्तिले नपुगेर परराष्ट्र मन्त्री बनाएका तुलसी गिरीलाई द्ूतका रूपमा भारत पठाए, गिरीले नेहरूसँग दुई घण्टा वार्ता गर्दा पनि उनको चित्त बुझाउन सकेनन्। नेहरूले राजालाई २३ जनवरी १९६१ मा पाँच पृष्ठ लामो चिठी पठाए– प्रजातन्त्रलाई मासेर समय विपरीत कार्य गरेको भन्दै। तुलसी गिरीले राजालाई मनाउन सफल भएता पनि नेहरूलाई कुरा बुझाउन असफल भए। प्रजातन्त्र पश्चिमाहरूको उपज हो। त्यो नेपालजस्तो भ्ूराजनीति भएको देशमा चल्दैन भन्ने गिरीको ठम्याइँ थियो। उनी यो कुरामा जीवनका आखिरी समयसम्म अडिग रहे। राजा ज्ञानेन्द्रको छोटो सक्रियकालमा फेरि एक पटक अभिरुचि बिना आफ्ना विचारको आधुनिक समयमा कामयावीपना परख गरे। फेरि एक पटक उनी निर्मित बने। नयाँ पुस्ताले उनलाई थोरै भए पनि देख्न पायो। ज्ञानेन्द्रको शासनमा सहभागी नभएका भए उनी नेपालमै देह त्याग्दैनथे सायद।
राजनीतिशास्त्र नेपालमा कमसल विषय वन्न पुग्यो। राजनीतिशास्त्र अब्बल विषय हुन्थ्यो भने पञ्चायतको बारेमा राजाको नाम सँगै उनको पनि पनि केस स्टडी हुन्थ्यो। असल खराब जे होस्, त्यो व्यक्तिका बारेमा अध्ययन हुन्थ्यो। तुलसी गिरीलाई त्यो दृष्टिले हेर्ने चाहनाका कारण उनको व्यक्तित्वप्रति मेरो आकर्षण छ। बीपीलाई बुझ्नसमेत तुलसी गिरी बुझ्न जरुरी थियो, हामीले त्यो अवसर सायद गुमायौं।भरतशमशेरले एक भेटमा सोध्नुभयो, ‘ल भन्नुस्, तुलसी गिरी र विश्वबन्धु थापा किन राजातर्फ लहसिए ीमतीले छाडेर नभागोस् भन्ने खातिरका लागि पनि उनीहरू पञ्चायत प्रवेश गरेका थिए। उनीहरू संघर्षबाट आएका थिएनन्। बिना संघर्ष पद पाएर पन्पिएका थिए। पञ्चायतका पक्षमा नलाग्नु संघर्षको बाटोमा हिँड्नु हुन्थ्यो। त्यो उनीहरूका लागि राजी थिएन।’ उहाँले अगाडि भन्नुभयो, ‘अर्कातर्फ बीपीको परिवार हेर्नुस्, संघर्षले उनको परिवार परिपक्व भएको छ। बाबु नै प्रवास गएका, जेलमै बितेका। सुशील कोइरालालाई यो सबै महसुस थियो तर तुलसी गिरी र विश्वबन्धु ६ महिना जेल बसेका भए उनका जहान कहाँ हुन्थे बीपी कोइरालापछि एउटा तहमा दर्शन बुझेर अध्ययन गर्न सक्ने व्यक्ति थिए तुलसी गिरी। अभि सुवेदीले फुकोलाई उद्धृत गर्दै सत्ताका बारेमा लेखेको लेख पढेर मन्त्रिपरिषद्का उपाध्यक्ष भएका गिरीले बखत ल्यान्डलाइन नम्बरमा फोन गरेर शास्त्रार्थ गरेको बताउनु भएको थियो। तर्क र बहस उनका रुचिका विषय थिए। र, उनका सामु जो कोही हारावारा खाइहाल्थ्यो।
डीपी त्रिपाठी सम्पादक रहेका भारतीय पत्रिका ‘थिन्क इन्डिया कवार्टरली’ मा बीपीका अप्रकाशित डायरीका केही अंश छापिएका छन्। त्यसमा बीपी लेख्नुहुन्छ– ‘तुलसी गिरी मलाई सधैं तपाईं समयभन्दा अगाडि जन्मनुभयो (पचास वर्ष अगाडि) भनेर भन्थे। गिरीले ठीकै भनेका हुन्, कुनै पनि इतिहास पुरुष समयभन्दा अगाडि जन्मेको हुन्छ।’र अन्त्यमा, त्यस दिन तुलसी गिरीका बारेमा कुरा गरेर छुटेको एक घण्टा नहुँदै प्रदीप गिरीको नम्बरबाट फोन आयो –‘शंकरजी, तुलसी काका कुरा गर्न चाहनुहुन्छ।’ म कीर्तिपुर जाने माइक्रो बसको होहल्लाका बीचमा थिए। उताबाट तुलसी गिरी बोल्न थाल्नुभयो– ‘तपाईंले मलाई सम्झिनु भएकोमा खुसी लाग्यो। शंकरजी मेनी थिङ्स आर डिस्र्टाेरेटेड इन हिस्ट्री। वीआर अल्सो ह्युमन, वी सुड वी डिटेड लाइक ह्युमन। म तपाईंलाई एकपटक भेट्न चाहन्छु, फुर्सद मिलाएर आउनुहोला।’ तर म उहाँलाई भेट्न भने कहिल्यै गइनँ। उहाँका तीन छोटा अंग्रेजी वाक्य भने अझै पनि मेरो कानमा गुञ्जिरहन्छन्। नयुरेम्नरवर्ग टिवुनलमा जसरी अभियुक्त दोषमुक्त रहन पाउन्थेन, तुलसी गिरी पनि नेपाली लोकतन्त्रका लागि दोषमुक्त रहेनन्।
लोकतन्त्र सधैं सोझो बाटो हिँड्दैन। अहिले त झन् हामी निर्वाचित तानाशाहीको युगमा छौं। तुलसी गिरी नेपाली लोकतन्त्रको उल्टो यात्राका सारथि थिए। अलबिदा ! ती दुस्साहसी नेतालाई जो आफ्नो दुस्साहसमा सधैं अविचलित रहे। राजनीतिशास्त्रले उनलाई अवश्य पनि मनुष्यका रूपमा हेर्नेछ र मनुष्यको व्यवहार गर्नेछ, राजनीति गर्नेहरूले होइन।