बलात्कार र बहुविवाहका दोषी दुई वर्षपछि पक्राउ

बलात्कार र बहुविवाहका दोषी दुई वर्षपछि पक्राउ

विराटनगर : जबर्जस्ती करणी र बहुविवाह मुद्दामा दोषी ठहर भएका दुई व्यक्तिलाई प्रहरीले मोरङको पथरीशनिश्चरेबाट पक्राउ गरेको छ ।

अदालत र प्रहरीको सूचीमा फरार रहेका अभियुक्त २८ वर्षीय राजेश धिमाल र ४५ वर्षीय धनपति राई पक्राउ परेका हुन् । पथरीननिश्चरे नगरपालिका–२ का धिमालविरुद्ध जबर्जस्ती करणीको मुद्दा छ भने पथरीननिश्चरे–३ का राईले बहुविवाह गरेका हुन् ।

दुई वर्षअघि उनीहरु अदालतबाट दोषी ठहर भइ प्रहरीको नजरमा फरार थिए । फैसलाको दुई वर्षपछि मात्रै प्रहरीले उनीहरुलाई आफ्नै गाउँबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँका अनुसार दुवैजना लुकिछिपी आफ्नै घर र गाउँमै बस्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन् ।

प्रहरीले दुवैजनालाई पक्राउ गरी अदालतमा बुझाएपछि जेल सजाय भुक्तानका लागि कारागार चलान गरिएको बताइएको छ । मोरङको पथरीशनिश्चरेबाट एक साताकै अवधिमा १३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बजगाईँले बताए ।

बहुविवाह, लागूऔषध, बन, सवारी ज्यान, सार्वजनिक अपराध र जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.