दार्चुला सीमानाकामा समस्यै समस्या

दार्चुला सीमानाकामा समस्यै समस्या

दार्चुला : दार्चुलामा पर्ने नेपाल-भारत सीमानाकामा नेपाली नागरिकलाई समस्या हुने गरेको छ।  यहाँका स्थानीयको  किनमेल गर्ने बजार क्षेत्र स मेत भारत नजिक  भएकाले त्यहाँबाट समान ढुवानीमा समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन्। दार्चुलाको व्याँस क्षेत्रका स्थानीयले दैनिक उपभोगयदेखि आवश्यक सामान भारतबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ। तर सीमा क्षेत्रमा ढुवानी गर्न हैरानी हुने गरेको व्याँस गाउँपालिका- ५ धौलाकोटकी स्थानीय नन्दा कुवँरले बताइन्।

पछिल्लो समय निर्माण गरिएको नेपाल-भारत जोड्ने तिग्रमझोलुंगे पुलमा आवत्आवत् तथा सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको कुवँरको गुनासो छ। सीमानाकामा भन्सार स्थापना गर्न सकिए स्थानीयलाई सहज हुने स्थानीयको अपेक्षा छ। 

झोलुंगे पुल बनेका स्थानमा भन्सार कार्यालय नहुँदा नेपालको लाखौं राजस्व पनि गुमिरहेको छ। भारतसँग जोडिएका दार्चुला जिल्लामा मात्रै ५ वटा नाका रहेका छन्। यसअघि ४ वटा नाका सञ्चालनमा रहेको भएपनि अब लेकमको लालीमा पनि झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै नाकाको संख्या ५ पुगेको छ।

लालीपुल केही दिनमै सञ्चालन हुने तयारीमा छ। खलंगा, दत्तु, जौलजीवि र तिग्रममा भने यसअघिदेखि नै झोलुंगे पुल सञ्चालनमा आइसकेका छन् । ब्यासका बासिन्दाका लागि जिल्ला सदरमुकाम आउन पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। स्थानीयले भारतीय सीमासुरक्षा बल(एसएसबी) बाट दु:ख पाइरहेको स्थानीय गायत्री कुवँरले बताइन्।'

सीमा क्षेत्रमा हिन्दीभाषा बोल्न नसक्ने नागरिकलाई समेत झन् समस्या हुने गरेको स्थानीय कलावती धामीले गुनासो गरिन्। भारतीय नागरिक नेपालमा आएर समेत हिन्दी भाषा बोल्ने गरेको र नेपालीले हिन्दी भाषा बोल्नुपर्ने बाध्यताले समेत नेपाली नागरिक झन् मर्कामा परेको धामीको गुनासो छ। 

दैनिक उपभोग्य सामग्री समेत भारतीय बजारबाट ल्याउनुपर्ने भएकाले भारतीय सुरक्षाकमीको दुब्र्यवहार सहनु परेको स्थानीय शिवा कुवँरले बताइन्। उनले हिन्दी भाषा बोल्न नसक्नेलाई भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको बताइन्।सामान ल्याउन बढीजसो महिला नै जाने भएकाले झोलुंगे पुल सञ्चालन भएका नाकामा महिला प्रहरी राखिदिन स्थानीय महिलाले माग गरेका छन् ।

महिला प्रहरी नहुँदा सीमानाकामा चेकजाँचको बाहानामा महिला माथि हिंसा हुने गरेको भन्दै स्थानीय महिलाले दुबैतिर महिला प्रहरीको माग गरेका हुन्। दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित पुलघाँटमा दुबैतिर महिला प्रहरीको व्यवस्था भएपनि अन्य नाकामा भने महिला प्रहरीको व्यवस्था छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.