ट्याक्टरबाट लडेर एकको मृत्यु

ट्याक्टरबाट लडेर एकको मृत्यु

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका- ६ स्थित नहरमा सानो हाते ट्याक्टरबाट लडेर शनिबार राति एकजनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ४१४३ नम्बरको हाते ट्याक्टरबाट लगेर बुढीगंगा ६ का ४१ वर्षीय वीरबहादुर तब्दारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए।

ट्याक्टरबाट साँझ ७ बजे लडेर तब्दार घाइते भएका थिए। घाइते उनको उपचारका क्रममा राति ९ बजे सुनसरीको दुहवी सामुदायिक अस्पतालमा मृत्यु भएको जानकारी पोखरेलले दिएका छन्।ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

ट्यांकी पड्किँदा चार घाइते

मोरङकै सुन्दरहरैंचा नगरपालिकास्थित बलियामा रहेको शिभ ट्याक्टर ग्यारेजमा ट्रकको ट्यांकी पड्किंदा शनिबार साँझ ग्यारेज संचालक सहित चारजना घाइते भएका छन्। तेलको ट्यांकी खोलेर बनाउने क्रममा ग्यास जमेको ट्यांकी पड्किँदा ग्यारेज संचालक भारत घर भई सुन्दरहरैंचा ४ मा बस्दै आएका ३५ वर्षीय  शिवकुमार शर्मा, त्यहीं काम गर्ने ५० वर्षीय पवन महत्तो, सुन्दरहरैंचा ४ का २१ वर्षीय शिवनारायण चौधरी र ३८ वर्षीय ओमबहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते मध्ये शर्मा र महतोको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। अन्य दुईजनाको स्थानीय गछिया मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.