दीपक मनाङेको शपथ रोकियो
पोखरा : मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङेको शपथ रोकिएको छ। ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।
आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि अधिकारीले सपथ रोक्ने निर्णय गरेका हुन्। त्यसअघि सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएका थिए।
मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो।