दीपक मनाङ्गे मत हाल्न आएनन्
पोखरा : राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा दीपक मनाङ्गे(राजिव गुरुङ) बाहेक सबैले मतदान गरिसकेका छन्। २ सय ३० मतदातामध्ये २ सय २९ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यो प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १सय७० र प्रदेश सभा सदस्य ६० जना मतदाता छन्। मनाङ्गे बाहेकले सबैले मतदान गरिसकेका छन्। पाँच वर्ष जेल सजाय हुने पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी फरार छन्।
मनाङ्गेले प्रदेश सभा सदस्यको सपथ समेत लिएका छैन। दिउँसो ३ बजेपछि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !