होटलमा बसेका भारतीय युवकको अस्पताल पुर्याउना साथ मृत्यु
विराटनगर : विराटनगरको एउटा होटलमा बसेका एक जना भारतीय युवकको अस्पताल पुर्याउना साथ मृत्यु भएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भारत बिहार सहरसाका २४ वर्षीय प्रिन्स कुमार को मृत्यु भएको हो । प्रिन्स विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा कोठा लिएर बसेका थिए ।
होटलको कोठामा शनिबार राति ११ बजेतिर अचानक बिरामी परेका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी मिश्रले बताए ।
घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी लोकेन्द्रसिंह गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको अलग–अलग टोली खटिएको थियो । प्रिन्सको मृत्युको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी मिश्रले दिए ।
प्रतिक्रिया दिनुहोस !