नेपालले भारतको सीमा कहिँ पनि मिचेको छैन  ः उपेन्द्र यादव

नेपालले भारतको सीमा कहिँ पनि मिचेको छैन  ः उपेन्द्र यादव
सुन्नुहोस्

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको कहिँ पनि सीमा नमिचेको बताएका छन् । वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन ।’ आफू दुई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नेपालले भारतको सीमा मिचेको विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी वा प्रमाण आफूले नपाएको बताए ।

उनले भारतले पनि हालसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे । अध्यक्ष यादवले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाण आवश्यक हुने भन्दै तथ्य र ऐतिहासिक दस्तावेजका आधारमा आफ्ना कुराहरू पुष्टि गर्न प्रधानमन्त्री शाहलाई चुनौती समेत दिए ।

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आयोगले ७७ वटै जिल्लाबाट एक–एक जना मात्रै प्रतिनिधि सभा सदस्य हुनुपर्ने भनेर ल्याएको सुझावप्रति आपत्ति जनाए । निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याको आधारमा हुनुपर्ने धारणा उनको थियो । मधेस र पहाडको पहिचान तथा आवश्यकताका आधारमा प्रदेशहरूको पुनः संरचना हुनुपर्ने सुझाव उनले दिए । हाल प्रदेश सरकारहरू अधिकारविहीन र कामविहीन अवस्थामा रहेको भन्दै उनले प्रदेशहरूलाई स्वायत्त अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । 

गत भदौं २३ र २४ गते भएको घटनामा सरकारले थप अनुसन्धान गरी वास्तविकता जनतासामु ल्याउनु पर्ने माग उनले गरे । वर्तमान सरकारमा युवा शक्ति र नयाँ जोश–जाँगर रहेकाले यो सरकारले देशलाई नयाँ दिशा दिन सक्ने अपेक्षा आफूहरुले गरेको उनले बताए । पत्रकार सम्मेलनमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय लालबाबु राउत र जितेन्द्र सोनल, जसपा नेपालका नेता बालकिशोर यादव, रामनरेश प्रसाद यादव लगायतकाको पनि उपस्थिति थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.