परराष्ट्रमन्त्री खनाल बेइजिङमा

परराष्ट्रमन्त्री खनाल बेइजिङमा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ पुगेका छन्। चीनको औपचारिक भ्रमणमा शनिबार राति उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

क्याथे प्यासिफिक एयरवेजको जहाजबाट हङकङ हुँदै उनी बेइजिङ पुगेका हुन्। बेइजिङमा त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीहरूले मन्त्री खनाललाई स्वागत गरेका थिए।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा खनाल चार दिने भ्रमणका लागि बेइजिङ गएका हुन्। चीनमा उनले आफ्ना समकक्षी वाङ यीसहित उच्च चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने तालिका छ।

त्यस्तै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने र चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल असार ३ गते स्वदेश फर्किनेछन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.