छ महिनादेखि तलब पाएनन् क्याम्पसका कर्मचारीले

छ महिनादेखि तलब पाएनन् क्याम्पसका कर्मचारीले

बैतडी : सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन्। गत साउनदेखि तलब नपाउँदा सुदुरपश्चिम विश्व विद्यालयका १४ आंगिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारी समस्यामा परेका सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिए। 

उनले भने, 'सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पस बनेपछि नियमित तलब पाउने विश्वास लिएका थियौं। तर ६ महिना यता बिना तलब काम गर्न बाध्य भएपछि नियमित खर्च चलाउन गाह्रो भएको छ।'

विश्वविद्यालयका पदाधिकारीको गैर जिम्मेवारीका कारण आफूहरु समस्यामा परेको प्राध्यापक तथा कर्मचारीले आरोप लगाएका छन्। सुदूरपश्चिमाञ्चल विश्व विद्यालय सभाबाट बजेट पारित नभएका कारण प्राध्यापक कर्मचारीले तलब नपाएको जयपृथ्वी क्याम्पस बझाङका उपप्राध्यापक बिराज कठायतले बताए। उनले भने, 'हामीले पहिलाको समेत दुई वर्षको तलब पाएका छैनौं। समायोजनका बेला त्यो मुद्दा समेत लत्याइयो। आंगिक क्याम्पस बनेपछि पनि ६ महिनादेखि तलब बिना काम गरिरहेका छौं।'

क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको तलब निकासा नहुँदा क्याम्पस सञ्चालन गर्न गाह्रो भएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका प्रमुख पृथ्वीराज अवस्थीले बताए। उनले भने, 'समुदायस्तरबाट क्याम्पस सञ्चालन हुँदा आर्थिक अभाव थियो। क्याम्पस विश्वविद्यालयमा समायोजन भएपछि पनि समयमा तलब नपाउँदा क्याम्पस नै सञ्चलान गर्न गाह्रो भएको छ।'

समयमा तलब नपाउँदा पठनपाठनमा समेत समस्या भएको पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक फणेन्द्र अवस्थीले बताए। उनले भने, 'हामीले काम गर्ने ठाउँबाट नियमितरुपमा तलब नपाउँदा जीवन चलाउन नै गाह्रो भइसकेको छ।ऋण काँढेर चाडपर्व समेत मनाउन बाध्य भयौं। तलब कहिले आउँछ भन्ने अहिलेसम्म कुनै जानकारी छैन्।'

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आन्तरिक विवादमा फसिरहेको अवस्थामा आंगिक क्याम्पसमा दिनुपर्ने रकम निकासा गर्न सकेको छैन्। क्याम्पसले समयमा रकम नपाउँदा प्राध्यापक र कर्मचारी समस्यामा परेका छन्।

सुदूरपश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडी, पाटन बहुमुखी क्याम्पस बैतडी, मणिलेक क्याम्पस मेलौली बैतडी, दार्चुला बहुमुखी क्याम्पस दार्चुला, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ,बाजुरा क्याम्पस बाजुरा, बडिमालिका क्याम्पस बाजुरा, जनता बहुमुखी क्याम्पस बयलपाटा अछाम, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढा डडेल्धुरा, सीताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटी, सेतीमहाकाली बहुमुखी क्याम्पस घण्टेश्वर डोटी, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया कैलाली र टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलालीमा कार्यरत प्राध्यापक तथा कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.