कर्मचारी समायोजनले लोकसेवा तालिका प्रभावित

कर्मचारी समायोजनले लोकसेवा तालिका प्रभावित

काठमाडौं : कर्मचारी समायोजनको नाममा लोकसेवा आयोगको कार्यतालिका प्रभावित बनेको छ । सरकारको आग्रहमा पहिलो पटक आयोगले दुई महिनाका लागि कार्यातालिका सारेको थियो । दुई महिना सारेर मंसिर २६ गते आयोगले न्याय सेवा, व्यवस्थापिका संसद् सेवा र लेखापरीक्षणको मात्रै अधिकृतस्तरको विज्ञापन आह्वान गरेको थियो ।

सबैभन्दा धेरै कर्मचारी माग हुने प्रशासन सेवा र स्वास्थ्य सेवाबाट रिक्त दरबन्दीको माग नै नआएपछि अधिकृतदेखि सहसचिवसम्मको सेवाको विज्ञापन आह्वान नभएको आयोगका उपसचिव एवं सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । समायोजनका कारण प्रशासन सेवा र स्वास्थ्य सेवाको अधिकृतको विज्ञापन आह्वानमा असर परेको छ ।

नायब सुब्बाको विज्ञापन आह्वानमा पनि प्रभाव पर्ने भएको छ । न्याय सेवाअन्तर्गत कानुन, न्याय र सरकारी वकिल तथा लेखापरीक्षण सेवाको विज्ञापनको तयारी भइरहेको आयोगका सूचना अधिकारी सुवेदीले बताए । ‘माग संकलन गर्दै छौं, न्याय र लेखापरीक्षण सेवाको विज्ञापन हुन्छ’, उनले भने । नियमित हुनुपर्ने केही सेवाको विज्ञापन पनि भएको छैन । अन्य सेवाअन्तर्गतको प्रशासनिक र प्राविधिकमा माग नै नभएको पदपूर्ति गर्न नमिल्ने आयोगले जनाएको छ ।

यसबाट लोकसेवाको परीक्षा तयारी गरिरहेका हजारौं विद्यार्थी प्रभावित भएका छन् । सरकारले संघ, प्रदेश र स्थानीय तहको गरी एक लाख ३८ हजार १ सय ७८ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । कर्मचारी किताबखानाको तथ्यांकअनुसार निजामती सेवामा ९० हजार कर्मचारी कार्यरत छन् ।

स्थानीय तहमा १७ हजार र अन्य सेवामा २ हजार कर्मचारी छन् । अझै करिब ३० हजार कर्मचारीको अभाव छ । समायोजनपछि तीन तहका रिक्त पदको विशेष पूर्तिको व्यवस्था हुन सक्ने आयोगको अनुमान छ ।

अब स्थानीय तह, प्रदेश र संघको फरकफरक विज्ञापन हुनेछ । समायोजन सम्पन्न भएपछि संघ, प्रदेश र स्थानीय तहको पदपूर्तिको जिम्मेवारी संघीय लोकसेवाले नै लिने सुवेदीले बताए ।

राज्य संघीय संक्रमणकालीन अवस्थामा रहेकाले कार्यतालिकामा प्रभाव परेको आयोगका पूर्वसदस्य गोविन्दप्रसाद कुसुमले बताए । मुलुकले तीन ठूला निर्वाचन सम्पन्न गरेका कारण पनि कार्यतालिकामा असर गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.