सडक मिचेका संरचना भत्काइँदै

सडक मिचेका संरचना भत्काइँदै

ललितपुर : ललितपुर महानगरपालिकाको वडा नम्बर ५ ले सडक मिचेर छेउमा बनाइएका संरचना हटाएको छ। वडाले लगनखेल-थसिखेल सडकखण्डमा निर्मित यस्ता संरचनामा डोजर लगाएर भत्काएको छ।

वडाध्यक्ष विकासमान श्रेष्ठले सरकारी जग्गा मिचेर बनाइएका संरचना हटाउन बारम्बार आह्वान गर्दा पनि नहटाएपछि डोजर लगाउनु परेको बताए। उनले भने, ‘संरचना हटाउँ भन्दा उल्टै मविरुद्ध नै मुद्दा हाले। ८ वर्षदेखि बाटो रोकेका थिए।’ सडक फराकिलो नहुँदा सवारी जाम बढेको उनको भनाइ छ। ०२१ सालको नापीअनुसार सडकको चौडाई २२ फुट हो। तर मिचिएकाले सडक निकै साँघुरो थियो। पुनरावेदन अदालतले ०२१ सालको नापीअनुसार बाटो कायम गर्न आदेश दिएको २ वर्ष बितिसक्दा पनि पालना नभएको गुनासो श्रेष्ठको छ।

अक्सब्रिज कलेजले पनि आफ्नो भवन सडक मिचेर बनाएको छ। वडाध्यक्ष श्रेष्ठले भने, ‘पुर्जामा कलेजले चर्चेको जग्गाको क्षेत्रफल ५ आना मात्र छ, फिल्डमा ९ आना ओगटेका छन्।’ त्यहाँ सडक ८ मिटर चौडा बनाउन कलेजको कम्पाउन्ड भत्काइसकेको जानकारी दिए।

उनका अनुसार अदालतले अन्य संरचना भत्काउने आदेश दिए पनि घर भत्काउने अनुमति नदिएकाले निश्चित अवधिभित्र सम्बन्धित व्यक्ति आफैंले भत्काउनुपर्ने हुन्छ। नभत्काए डोजर चल्न सक्ने बताउँदै उनले सबैलाई एउटै नियम हुनुपर्ने बताए। ‘कसैलाई लाखापाखा गर्दिनँ, नियमविपरीत काम गर्ने कसैलाई छोडिन्न’, उनले भने। पहँुचका आधारमा केही व्यक्तिले सडक मिचेर घर बनाएको दाबी उनको छ।

यस क्षेत्रमा नरेन्द्र पोखरेल, श्रीकण्ठ शर्मा, पुरञ्जन बिष्ट, बालगोविन्द बिष्टलगायत स्थानीयले जग्गा मिचेको श्रेष्ठको भनाइ छ। स्थानीयले ०३१ सालमा कानुनबमोजिम घर निर्माण गरेको भन्दै मुद्दा हालेका छन्। काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सडक फराकिलो पार्ने क्रममा फेरि सीमांकन गरेको थियो। ०२१ सालको नक्सा पहिचान गरी सडकको केन्द्रबाट दायाँबायाँ बराबर समेट्ने बताएको छ। सो क्षेत्रका घर, टहरा, जग्गाको समेत कानुनबमोजिम मुआब्जा दिने वचन दिएको थियो।

स्थानीय पवन राना मगरले कसैलाई प्रभाव पारेर बाटो मिच्न नपाइने भन्दै सबैलाई एउटै नियम लागू हुनुपर्ने माग गरे। ०६८ सालमा सरकारी योजनामा परेको यो सडकखण्ड खुलाउन समस्या परेको छ। गत मंसिर २७ मा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको संयोजकत्वमा छलफल भएको थियो। छलफलमा ललितपुरका सांसद, उपत्यका विकास प्राधिकरण, नापी विभागका प्रतिनिधि तथा स्थानीय उपस्थित भएपछि सडक खोलिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.