चिसोले बिरामी बढे

चिसोले बिरामी बढे

डडेल्धुरा : चिसो बढेसँगै डडेल्धुरामा बिरामीको संख्या ह्वात्तै बढ्न थालेको छ। उच्च पहाडी र लेकाली भेगमा हिमपात भएसँगै अत्यधिक चिसो बढेपछि जिल्लाका ग्रामीण भेगकाको जनजीवन प्रभावित बन्दै गएको छ।

जिल्लामा चिसो बढेसँगै स्वास्थ्य संस्था र उपक्षेत्रीय अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ।दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको छ। अहिले जिल्लामा रुघाखोकी, दम, श्वासप्रश्वास, निमोनियालगायतका बिरामी बढ्न थालेको हो उपक्षेत्रीय अस्पतालका मेसु जितेन्द्र कडेलले जानकारी दिए । केही दिनयता उपक्षेत्रीय अस्पतालमा दैनिक ९० देखि १०० जना बिरामी आउने गरेका छन्।

चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। दैनिक दमका २० देखि २५ त्यस्तै कोल्ड डायरियाका २५ देखि ३५ र ३५ देखि४०.जनासम्म निमोनियाबाट ग्रसित बालबालिका आउने गरेको उपक्षेत्रीय अस्पतालले जनाएको छ। 

एक्‍कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन्। चिसो बढेसँगै बालबालिका वृद्ध मात्रै नभई गर्भवती महिला र नवजात शिशुसमेत प्रभावित भएका छन्। ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत चिसो बढेसँगै बिरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन्।

एक हप्ता यता जिल्लामा अत्यधिक चिसो बढेको हो। चिसोबाट बच्न तातो लुगा लगाउन, तातो, झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्। शीत परेको समयमा, बिहान÷बेलुका हिँडडुल नगर्न, भागेश्वर गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख मानबहादुर साउदले जानकारी दिए।

उनले भने, 'चिसोबाट जोगिन स्थानीयले झ्याल ढोका हावा नछिर्ने गरेर बन्द गर्छन् यो अवस्थामा भित्र आगो बाल्दा धुँवाले निसास्सिएर ज्यान जाने सम्भावना हुन्छ।' झ्याल खुला राख्नुपर्ने उनको सुझाव छ। जाडो अझै बढ्न सक्ने स्थानीय बताउँछन्।अझै पानी पर्दा हिमाली क्षेत्रमा हिउँ परे योभन्दा बढी चिसो बढ्छ, देवल दिव्यपुरकी बसन्ती पालले भनिन्। चिसोबाट दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.