कपडा उद्योगमा आगलागी हुँदा ६० लाख बढीको क्षति

कपडा उद्योगमा आगलागी हुँदा ६० लाख बढीको क्षति

विराटनगर : विराटनगर महानगरपालिका ४ इक्राहीस्थित भाग्य श्री कपडा उद्योगमा सोमबार बिहान आगलागी भएको छ। विद्युत सर्ट हुँदा भएको आगलागीबाट ६० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।

दिपनारायण चौधरीले पाँच वर्षदेखि त्यहाँ आफ्नै जग्गा भवनमा कपडा उद्योग संचालन गरेका थिए। उक्त उद्योग त्यसअघि विराटनगरको पिपलचोकमा भाडाको घरमा संचालित थियो। बिहान १० बजे सुरु भएको आगलागी दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टामा नियन्त्रणमा लिइए पनि सामान भने जोगाउन नसकिएको चौधरीले बताए। उनका अनुसार अचानक स्टोरबाट सुरु भएको आगोले हेर्दा हेर्दै सबै खरानी बनाएको हो। 

एक्‍कासी आगलागी सुरु भएपछि उद्योग भित्र काम गरिरहेका कामदारबीच भागदौड मच्चिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले आगलागीमा परेर उद्योग संचालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेसिन, कटिङ मेसिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पंखा, इन्भटर, कम्प्युटर, टिभी, फर्निचरका सामानलगायत जलेर नष्ट भएको बताए।उनका अनुसार आगलागीमा परेर को १२ प ६३८३ नम्बरको मोटरसाइकलमा पनि क्षति पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.