प्रहरी कुट्ने धरौटीमा रिहा

प्रहरी कुट्ने धरौटीमा रिहा

परासी : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गर्नेलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेको छ। परासी-भैरहवा सडकखण्ड अन्तरगत रामग्राम नगरपालिकाको रानीपाकडमा नियमित सवारीसाधन चेकिङका क्रममा हतियारसहित खटिएका प्रहरीमाथि महिना दिनअघि स्थानीय युवाले कुटपिट गरेका थिए।

कुटपिटबाट प्रहरी सहायक निरीक्षकसहित दुईजना प्रहरी घाइते भएका थिए। कुटपिटका क्रममा पक्राउ परेका १३ जना युवालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा छोडेको हो। कुटपिट गर्ने सबै रामग्राम नगरपालिका-११ का हुन्। उनीहरुमाथि मुलुकी अपराध संहिता अन्तरगत राष्ट्रसेवक कर्मचारीमाथि अवरोध गरेको अभियोगमा मुद्दा चलाइएको थियो।

कसुरअनुसार एकजनासँग ५० हजार धरौटी लिइएको छ। अन्यसँग  २० हजार १० हजार र ५ हजार धरौटी लिएर तारेखमा छाडेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.