सामान्य भनाभन हुँदा खुर्पा प्रहार गरी छिमेकीको हत्या

सामान्य भनाभन हुँदा खुर्पा प्रहार गरी छिमेकीको हत्या

तानसेन : पूर्वी पाल्पाको रामपुर नगरपालिका- ४ का ५५ वर्षीय भलबहादुर कुमालको हत्या भएको छ। सोही ठाउँका छिमेकी ३६ वर्षीय मनोज थापाले खुर्पा प्रहार गरी कुमालको हत्या गरेका हुन्।थापाको घरमा सामान्य भनाभन भएको निहुँमा कुमालको खुर्पा प्रहारबाट घटनास्थमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेको टोलीले हत्या गरी भाग्दै गरेको अवस्थामा अभियुक्त थापालाई पक्राउ गरेको छ। 

यसैगरी कुमालको हत्या अभियोगमा पक्राउ गरेका मनोज थापालाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। कुमाल थापाबीच समान्य भनाभन भएको अवस्थामा थापाले खुर्पा प्रहार हत्या गरेको स्वीकार गरेका छन्। हत्या अभियोगमा पक्राउ परेको थापालाई कर्तव्य ज्यानसम्बन्धी सजाएको हदैसम्मको कारवाहीका लागि सिफारिस गर्ने प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए। 

आफ्नै घरमा आएर श्रीमतीसँग, झैंझगडा गरेको अवस्थामा कुमाललाई सम्झाएर पठाए पनि पुन आइ झैंझगडा गरेकोले घरभित्रबाट खुर्पा झिकेर हिर्काउँदा हत्या भएको अभियुक्त थापाले प्रहरीसँगको बयानमा बताएका छन्। यसैगरी घरपरिवार, कुमाल समुदाय, संघसंस्था, आफन्तले हत्यारा पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्ने मागसहित रामपुरमा विरोधस्वरुप प्रदर्शन गरेका छन्।

प्रदर्शनको कारण सोमबार रामपुर बेझाड बजारका पसल पूर्णरुपमा बन्द रहे।  मृतक कुमालका ५ छोरा एक श्रीमती रहेका छन्। कुमालले ज्याला मजदुरी काम गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.