कर्मचारी हड्तालको असर सडकमा, वीरगञ्जमा ५ दिनदेखि फोहोर थुप्रियो

कर्मचारी हड्तालको असर सडकमा, वीरगञ्जमा ५ दिनदेखि फोहोर थुप्रियो

वीरगञ्ज: वीरगञ्जमहानगरपालिकाका कर्मचारी काम ठप्प गरेर हड्तालमा उत्रिएका छन्। सरसफाई शाखाका कर्मचारी पनि आन्दोलनमा सहभागी भएपछि सडकमा पाँच दिनदेखि  फोहोर थुप्रिएको छ।  

महानगरपालिकाका आन्दोलनरत कर्मचारीले गत बिहिबारदेखि फोहार उठाउन छाडेका थिए। सहरका चोकचोकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलन थालेको हुनाले सोमबारदेखि सुरक्षाकर्मीको सहयोगमा नगरबासी आफैँले सडकमा थुप्रिएका फोहोर उठाउन थालेका हुन्। 

पाँच दिनदेखि फोहोर नउठ्दा महानगर नै दुर्गन्धित हुन थालेपछि जनप्रतिनिधिहरुको पहलमा व्यवस्थित वीरगञ्जअभियान, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय र वीरगञ्जमहानगरपालकाका प्रमुख प्रशासकीय अधिकृत सहितको सहभागितामा सोमबार बिहान होटल मकालु चोकदेखि मुर्लीसम्मको फोहोर उठाइएको हो।

नगरवासीले सडकबाट फोहोर उठाएर ट्याक्टरमा लोड गरी गन्तव्यमा पुर्याएका हुन्। फोहोर उठाउनका लागि भाडाको ट्याक्टर प्रयोग गरिएको थियो। सोमबार बिहान ६ देखि ९ बजेसम्म मकालु होटलदेखि मुर्ली सम्मको सडकमा थुप्रिएर रहेका पाँच ट्याक्टर फोहोर उठाइएको ग्रिनसिटी सामुदायिक सेवाका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए।
 
आन्दोलनरत कर्मचारी काममा नफर्किए मङ्गलबार पनि सडकको फोहोर उठाइने खेतानले बताएका छन्।  वीरगञ्जमहानगरपालिकाका अनुसार , महानगरमा दैनिक ८० टन फोहोर निस्कने गरेको छ। 

‘सरसफाइ शाखाका कर्मचारी हडतालमा रहेका कारण शहरको चोक चोकमा पाँच दिनदेखि थुप्रिएको फोहोरबाट दुर्गन्ध आइरहेको छ। यसले सहर पनि कुरुप देखिएको छ ,’ खेतानले भने ‘ थुप्रिएको फोहोर कुहिएर दुर्गन्ध आएको र नगरबासीको स्वास्थ्यमा असर परिरहेकाले हामी नगरवासी मिलेर फोहोर उठाउन थालेका हाैँ।’
 
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भिष्मकुमार भुषालले कर्मचारी आन्दोलनका कारण सडकमा जथाभावी फोहोर थुप्रिएपछि विभिन्न समाजिक संघसस्थासँग सहकार्य गर्दै सोमबार बिहानदेखि सरसफाइ अभियान चलाइएको बताए।

उनले भने ,‘कर्मचारीको आन्दोलन चलेसम्म नगरबासी ,समाजिक अभियन्ता र प्रहरीको सहयोगमा फोहोर उठाउने कार्यलाई निरन्तरता दिइन्छ  ।’ महानगरपालिाकामा अस्थायी , करार र ज्यालादारीमा कार्यरत गरी पाँच सय ७० जना कर्मचारी आफूहरुले भने अनुसारको माग पूरा गर्नुपर्ने अडान राख्दै बिहिबारदेखि कामकाज नै ठप्प पारेर अनिश्चितकालीन हडतालमा छन्।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.