श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महिना कैद

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महिना कैद

भोजपुर : जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ। 

अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो। 

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ।

तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.