पोखरा महानगरले भत्कायो मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर

पोखरा महानगरले भत्कायो मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिको घर

पोखरा : पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा बनाएको मापदण्ड विपरीतको घर भत्काएको छ। पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले वडा नम्बर ४ कै फिर्के खोलाको किनारमा बनाएको पक्की घर सोमवार महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको हो।

यसैगरी महानगरले सार्वजजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर समेत भत्काएको छ। डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरी बनाएको वडा सदस्य परियारको एक तले घर पहिले भत्काएको थियो।

खोला मिचेर सर्वजनिक जग्गामा पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्यले बनाएको घर भत्काउने क्रममा रोक्ने प्रयास गर्दै वडा सदस्य विष्णुमाया परियार। फोटोः कृष्णमणि बराल/अन्नपूर्ण

घर भत्काउन नदिन वडा सदस्य परियारले अनुनय गरेकी थिइन्। उनले महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमतिमा २०४७ सालदेखि बस्दै आएको स्थानमा पक्की घर बनाएको बताएकी थिइन्। घर भत्काउनबाट रोक्न उनले डोजरलाई छेकेपछि नगर प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर घर भत्काइएका थिए। भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड विपरीत पनि छ।

नयाँ बनेको घरले नेपाल स्काउटको केही अंश जग्गा पनि अतिक्रमण गरेको मयेरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए। महानगरले घर बनाउन जग राख्दा देखि पटक पटक घर नबनाउन अनुरोध गर्दा र पत्रचार समेत गर्दा पनि अटेर गरेपछि बाध्यभएर महानगरले घर भत्काउनु परेको बताएको छ।

पोखरा ५ धारापानीमा लिगलले पनि पर्ती जग्गामा अनुमति नलिई घर बनाएपछि महानगरले घर भत्काएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.