डडेल्धुराको पर्शुराम धाममा महोत्सव हुने

डडेल्धुराको पर्शुराम धाममा महोत्सव हुने

डडेल्धुरा : डडेल्धुरा जिल्लाको भित्रि मधेश क्षेत्रअन्तरगत परशुराम नगरपालिकामा पर्ने परशुराम धाममा महोत्सव हुने भएको छ।भगवान विष्णुको छैटौं अवतारको रुपमा चिनिने भगवान पर्शुरामको तपस्या गरेको प्रसिद्ध तीर्थस्थल पर्शुराम धाममा महामहोत्सवको आयोजना गरिने भएको हो।

पर्शुराम नगरपालिकाको आयोजनामा पहिलो पटक हुन लागेको धार्मिक पर्यटन महोत्सवमा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, मकर महास्नान , २२ देउरा दर्शन , कल्पवास , महाकाली गंगा आरती , सहस्त्र शालिग्राम पूजाअर्चना , बिराट धनधान्याञ्चल पितृमुक्तिलगायतका विविध धार्मिक सांस्कृतिक एवं पर्यटकीय कार्यक्रम यहि पौष ३० देखि माघ ८ गते सम्म संचालन हुने आयोजक संस्थाले जानकारी दिएको छ। 

धार्मिक आस्था उजागर गर्ने उद्देश्यले र आर्थिक सम्वृद्धि गर्ने ध्येयले आयोजक संस्था पर्शुराम नगरपालिकाले भगवान पर्शुरामको जन्मस्थान र पवित्र तीर्थस्थलको महत्व उजागर गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान गरी प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजन गर्न लागिएको नगरप्रमुख भीमबहादुर साउँदले जानकारी दिए।

प्रत्येक वर्ष मकर माघीसंक्रान्ति मेला लाग्ने सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाको- ५ शीर्ष परिगाउँमा अवस्थित हिन्दु धर्माबलम्बीको आस्थाको केन्द्र मानिने र सुदूरपश्चिमकै प्रसिद्ध परशुरामधाममा पर्शुरामकुण्ड , विष्णुमन्दिर , धर्मद्वार , छत्रशिला, महालिङ्ग , महाकाली गंगा र रेणुका नदी , पवित्रघाट , देवघाट , परितिर्थ , लिङ्गाहरु , पर्शुराम र सिद्धनाथ मन्दिर जस्ता धार्मिक महत्वका सम्पदा मुख्य आकर्षण रहेका छन्। 

स्कन्दपुराणको मानसखण्डमा कर्णालीको कागपर्वत र पश्चिमको अल्मोडा नन्दा पर्वतगिरी बीको मानसक्षेत्र बराबर अर्को कुनै तीर्थ छ भने त्यो परशुराम हो भनि उल्लेख भएको र भगवान बिष्णुको अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेकोले तीर्थस्नानको ठूलो मेला लाग्ने गरेको हो। 

त्रेतायुगमा महर्षि जमदग्नी पुत्र भगवान परशुरामले कोटी होम गर्दा जलेर रहेको जौं तिल- पछि आएर सानासाना गिट्टी जस्तै देखिने हजारौं वर्षदेखि जस्ताको तस्तै रहेको चुनढुंगाको चट्टान र सो ठाउँमा रहेको प्राकृतिक रुपमा निर्मित गुफा तथा टोडकामा प्रवेश गर्दा मुनुष्यजीवनको मोक्ष हुन्छ भन्ने जनविश्वासका कारण पनि परशुराम धाममा मेला भर्नेको संख्या वर्षेनी बढदै गएको छ। 

डडेल्धुरा सदरमुकामबाट अन्दाजी ९७ किलोमिटर टाढा भित्रिमधेशको जोगबुढाक्षेत्रको सीमावर्ति महाकाली तटमा पर्ने यो प्रसिद्ध गंगास्नान तीर्थमा उत्तरभारतलगायत सुदूरपश्चिका नौवटै जिल्ला र कर्णाली क्षेत्रबाट समेत तिर्थयात्री आई पितृश्राद्ध ,ब्रतबन्ध, विवाहका साथै धार्मिक अनुष्ठान गर्ने परम्परा रहि आएको छ। 

संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सवमा अन्तराष्ट्रिय भागवत प्रवक्ता श्री पुज्य किशोर शरण महाराजको सानिध्यमा सम्पन्न हुने पनि आयोजकले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.