धरानका निर्माण व्यवसायी भट्टराई सम्पर्क विहीन

धरानका निर्माण व्यवसायी भट्टराई सम्पर्क विहीन

धरान : सुनसरीको धरान उपमहानगरपालिका–१४ निवासी निर्माण व्यवसायी अनोज भट्टराई बेपत्ता भएका छन् ।

सोमवार सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का पावतको रकम भुक्तानी लिन घरबाट गएका उनी अहिलेसम्म सम्पर्कमा छैनन् ।

मंगलवार बिहान ८ बजेदेखि घरबाट निस्किएका अनोजको मोबाइल फोन झापाको मेचिनगर नगरपालिका स्थित नेपाल–भारत सिमानाको काकडभिट्टाबाट अफ भएको बताइएको छ । मंगलवार १२ बजे अनोजकै मोबाइलबाट श्रीमतीको मोबाइलमा ‘अनोज मसँग छ, पछि कल गरौला बाई’ भन्ने मयाजेस आएको बुवा रमेश भट्टराईले बताएका छन् ।

अनोज बेपत्ता भएपछि अपहरणको आशंकामा परिवारले खोजतलास गर्न इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको छ ।

निर्माण व्यवसायी अनोज बेपत्ता भएको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धारन र प्रहरीको प्रदेश कार्यालयबाट विशेष टोली खोजतलासमा परिचालन गरिएको धरानका डिएसपी सुमन तिम्सिनाले बताए ।

उनले अनोज घपरिवारबाट सम्पर्क विहीन भएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । अनोज बेपत्ता भएपछि धरान–१४ का वडाअध्यक्ष कृष्ण भट्टराईले आफू पनि खोजी कार्यमा लागेको बताएका छन् । अनोज सम्पर्क विहीन भएपछि परिवारका सदस्यहरुले उनी अपहरणमा परेको हुनसक्ने आशंका गर्दै चिन्ता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.