धरानका निर्माण व्यवसायी भट्टराई बेपत्ता

धरानका निर्माण व्यवसायी भट्टराई बेपत्ता

धरान : सुनसरीको धरान उप-महानगरपालिका-१४ का निर्माण व्यवसायी (ठेकेदार) अनोज भट्टराई बेपत्ता भएका छन् । सोमबार बिहान ८ बजेतिर सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का वापतको रकम भुक्तानी लिन भनि घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन्। 

उनको मोवाइलमा फोन गर्दा नलागेपछि उनी अपहरणमा परेको आशंका गर्दै परिवारले खोजी गरिदिनका लागि इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन्। अनोजको मोवाइलको फोन झापाको मेचिनगर नगरपालिकास्थित नेपाल-भारत सीमानाको काँकडभिट्टाबाट अफ भएको प्रहरीले बताएको छ। अनोजकै मोवाइलबाट उनकी श्रीमतीको मोवाइलमा अनुज मसँग छ, पछि कल गरौंला, बाइ भन्ने म्याजेस आएका कारण छोरा अपहरणमा पर्यो कि भन्ने चिन्ताले सताएको बुवा रमेश भट्टराईले बताए।

अनुज बेपत्ता भएको भन्दै प्ररीमा जाहेरी आएपछि उनको खाजीकार्यका सुरु गरिएको इलका प्रहरी कार्यालय धरानका डीएसपी सुमनकुमार तिम्सिनाले बताए। अनुजको अवस्था पत्ता लगाउनका लागि एक नम्बर प्रहरीसमेत परिचालन गरिएको बताइएको छ। अनोज घरपरिवारबाट सम्पर्कविहीन भएको विषयमा अनुसन्धान भैरहेको डीएसपी तिम्सिनाले बताए। अनोजको अबस्था पत्ता लगाउन धरान १४ का वडाअध्यक्ष कृष्ण भट्टराई समेत लागिपरेका छन्।

अनोजको अवस्था पत्ता लगाई सकुशल घर फिर्ता गराउन सुनसरीका निर्माण व्यवसायीले माग गरेका छन्। ठेकेदार अनोज मोटरबाटो, पुल, सरकारी भवनलगायतका निर्माणसमबन्धी काम गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.