दाइजोको निहुँमा हत्या आशंका

दाइजोको निहुँमा हत्या आशंका

भोजपुर : षडानन्द–१२ देउराली झ्याउँपोखरीकी २८ वर्षीया रीता श्रेष्ठको हत्या दाइजोको निहुँमा भएको आशंका प्रहरीले गरेको छ।

प्रहरीले उनका श्रीमान् राजकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ। दाइजो नल्याएको विषयमा यातना दिएको पाइएपछि हत्या आशंकामा राजकुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकको शरीरमा नीलडाम र चोट देखिएका कारण घटना शंकास्पद रहेको भोजपुर प्रहरी प्रमुख डीएसपी केशवकुमार थेबेले बताए।

‘झुन्डिएको अवस्थामा शव फेला परेको हो तर नीलडाम र चोट देखिएपछि मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं’, उनले भने, ‘विगत हेर्दा हत्या गरेको हुन सक्ने देखिन्छ। उनका श्रीमान्को नियत सफा देखिँदैन।’ राजकुमारले नै श्रीमती झुन्डिएको भनेर प्रहरीलाई खबर गरेको जानकारी उनले दिए।

विवाह भएदेखि नै दाइजोलाई लिएर परिवारका सदस्यले मानसिक र शारीरिक यातना दिने गरेको रीताका दाजु देवीले बताए। रीता आइतबार बिहान घरनजिकै सालको रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। हत्यापछि शव झुन्ड्याइएको दाबी माइती पक्षले गरेको छ। राजकुमारविरुद्ध माइती पक्षले सोमबार कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको छ। जाहेरीका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

रीता र राजकुमारबीच २०६४ मा मागी विवाह भएको थियो। ‘विवाह चलिरहँदा केटा पक्षले दाइजो नदिएको भनेर आक्रोश पोखेको थियो’, देवीले भने, ‘अहिले आएर हत्यासम्मकै घटना हुन पुगेको छ।’

घर पुगेकै दिन रीतालाई सासू गीता श्रेष्ठले गालीगलौज गरेको उनका भिनाजु गौरीप्रसाद श्रेष्ठले सुनाए। ‘जन्ती पक्षले विवाहमै भाँडभैलो मच्चाउन खोजेको थियो’, उनले भने, ‘जसोतसो अन्माएर पठाए पनि घरमा पुग्नासाथ सासूले पनि राम्रो व्यवहार गरिनछन्।’ उनका अनुसार सासू, श्रीमान्सहित परिवारका सदस्य मिलेर यातना दिँदै आएका थिए। माइत आएकी रीतालाई पु¥याउन जाँदा गीताले दाइजोको विषय निकालेर झगडा गरेको उनले बताए।

गीताले फोन गरी दाइजो माग्न थालेपछि माइती र घर पक्षबीच बोलचाल नै बन्द भएको प्रहरी अनुसन्धानले देखाएको छ। श्रेष्ठ दम्पतीका ६ र ९ वर्षका दुई छोरा छन्।

घटनास्थलमा प्रहरीले विषादीका दुइटा बोतल फेला पारेको छ। एउटा खोलिएको र अर्को बिर्को बन्द भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि वास्तविकता पत्ता लगाउन सजिलो हुन्छ’, डीएसपी थेबेले भने, ‘भिसेरा परीक्षणका लागि पनि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.