समितिको निर्णय कुर्दै डा. केसी : उपसमितिले माफियामुखी विधेयक पठाएको आरोप

समितिको निर्णय कुर्दै डा. केसी : उपसमितिले माफियामुखी विधेयक पठाएको आरोप

इलाम : डा. गोविन्द केसीले संसद्को शिक्षा तथा स्वास्थ्य समितिको निर्णय हेरेर सत्याग्रह सुरु गर्ने वा नगर्ने निर्णय लिने बताएका छन्।

उनी मंगलबार दिउँसो फेरि इलाम आइपुगेका छन्। उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्झौताअनुरूप सदनमा नपठाए बुधबार साँझदेखि सत्याग्रह सुरु गर्ने पत्रकारसँग बताए। उपसमितिले माफियामुखी विधेयक पठाएको आरोप उनले लगाए।

उनले यही पुस २५ सम्ममा आफ्ना माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएका थिए। उनी गत मंगलबार सत्याग्रहका लागि इलाम आएका थिए।

प्रधानमन्त्री केपी ओलीसहित सबै नेता माफिया बचाउन लागिपरेको आरोपसमेत उनले लगाए। ‘हामी उनीहरूले गर्ने काम गरिरहेका छांै’, उनले भने, ‘उनीहरू हामीलाई ब्ल्याकमेलिङ गरिरहेका छन्।’

सरकारसँग साउन १० गते भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, संसद्बाट विधेयक पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न काम थाल्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क फिर्ता लिई दोषी पदाधिकारीलाई कारबाही गर्नुपर्नेलगायत माग केसीका छन्।

उनी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १६ देखि १५ औं सत्याग्रह बसेका थिए। सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। त्यस बेला २७ दिनमा अनशन तोडिएको थियो। 

सरकारले उनीसँग नौबुँदे सम्झौता गरेको थियो। सम्झौताको १ नम्बर बुँदामा विधेयकको विषय थियो। विधेयक समितिमा छलफलकै क्रममा छ। सम्झौताभन्दा फरक ढंगले विधेयक ल्याउन लागेको उनले बताए।

‘विद्यार्थी र जनतामुखी ऐन ल्याएर छाड्छौं’, उनले भने। उनले यसअघि पुस २ सम्म माग पूरा गर्न ‘अल्टिमेटम’ दिएका थिए। उनले समितिकी सभापति जयपुरी घर्तीको आग्रहमा २५ गतेसम्म पुर्याएका थिए।

उनले इलाम वा पाँचथरमा मेडिकल कलेज खोल्नुपर्ने माग पनि अघि सारेका छन्। सरकारले यो सम्झौतासमेत नमानेकाले इलामलाई छानेको उनको भनाइ छ। 

पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा नक्सांकन भएका ठाउँको सम्भाव्यता अध्ययन एक महिनाभित्र प्रारम्भ गर्ने सम्झौता भएको थियो। साउन १० को सम्झौतामा विधेयकका २२ बुद्दा संशोधन वा थपघट गर्ने उल्लेख थियो।

उनी इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन बस्ने भनिएको थियो। तर, त्यहाँ ठाउँ नपाएपछि फूलगाछीमा बस्ने तयारी रहेको उनका समर्थक धर्म गौतमले बताए। नारायणस्थान मन्दिर संरक्षण समितिका सचिव दिवाकरण भण्डारीले भने मन्दिर अनशन बस्न अनुपयुक्त हुने भएकाले अस्पतालतिर जान सुझाव दिएको सुनाए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.