११ वर्षदेखि थन्कियो रक्तचन्दन

११ वर्षदेखि थन्कियो रक्तचन्दन

भद्रपुर : जिल्ला डिभिजन वन कार्यालय झापाको दुइटा कोठा ११ वर्षदेखि बन्द छ। ढोकामा सिल लगाइएको छ। भित्र १९ हजार ८ सय ३२ किलो रक्तचन्दन छ। समातिएका ६ जना जनही एक वर्ष कैद र तीन लाख १८ हजार जरिवाना सजाय भुक्तान गरेर निस्किसके। तस्करीमा समातिएको ट्रक पनि लिलामी भइसक्यो। तर, लिलामी प्रक्रिया झन्झटिलो भएकाले रक्तचन्दन भने कोठाभित्रै थन्किएको छ।

ती कोठामा कर्मचारीकै पुराना मुद्दाका फाइल पनि छन्। सिलबन्दी खोल्न नमिल्ने भएकाले भित्रका फाइल झिक्न पाइएको छैन। जसका कारण ११ वर्षअघिका कतिपय मुद्दा फछ्र्योटमा समस्या भएको डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेले सुनाए। कानुनबमोजिम बेचबिखन, लिलाम र फिर्ता गर्न नसक्दा रक्तचन्दन थन्क्याउनुपरेको घिमिरेले बताए। ‘वन विभागमा यसबारे कुरा राखेका छौं’, घिमिरेले भने, ‘वन तथा वातावरण मन्त्रालयलाई पनि रक्तचन्दनबारे पटकपटक पत्राचार गरेका छौं। तर कुनै निर्देशन आएको छैन।’

कोठाभित्रको रक्तचन्दन कस्तो अवस्थामा छ भन्ने पनि थाहा नभएको घिमिरे सुनाउँछन्। लिलामी प्रक्रिया झन्झटिलो हुँदा रक्तचन्दन नसडेसम्म रेखदेख गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए। वन कार्यालयको तल्लो तलाको साबिक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरिएको छ। रक्तचन्दन सुरक्षाका लागि दुई जना कर्मचारी छुट्टै खटाइएको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताए। निरन्तर कर्मचारी खटाइएको र कोठा नै सिलबन्दी गर्नुपर्दा कार्यालयले सकस भोगिरहेको उनले बताए।

डिभिजन वन कार्यालयको रेकर्डअनुसार सरकारले ११ वर्षअघि कोठाभित्रको रक्तचन्दनको मूल्य प्रतिकिलो २५ रुपैयाँ तोकेको थियो। तर त्यसको मूल्य बढेर ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.