कृषि थोक बजार सञ्चालन अन्योलमा

कृषि थोक बजार सञ्चालन अन्योलमा

बिर्तामोड : झापाको बिर्तामोडस्थित कृषि थोक बजार सञ्चालनमा अन्योलता उत्पन्न भएको छ। कृषि थोक बजार व्यवस्थापन तथा सञ्चालन गर्दै आएको व्यवस्थापन समिति कसको मातहतमा रहने भन्ने निर्णय नहुँदा बजारको व्यवस्थापनमा भद्रगोल हुन पुगेको हो। व्यवस्थापक नहुँदा र कर्मचारीलाई पनि निर्णय गर्ने अधिकार नदिइँदा कृषि थोक बजारमा व्यापारीले मनोमानी मूल्यमा तरकारी तथा फलफूल बिक्री गरिरहेका छन्।

बजार क्षेत्र अस्त–व्यस्त हुन थालेकाले अन्योलता उत्पन्न भएको हो। समितिको व्यवस्थापक तथा बजार विज्ञका रूपमा रहेका सुरेशकुमार कामका सरुवा भई कृषि ज्ञान केन्द्र इनरुवा गएपछि समस्या झनै चुलिएको हो। ‘व्यवस्थापकको पनि सरुवा भयो, केही निर्णय गर्ने अधिकार पनि हामीलाई दिएको छैन’, व्यवस्थापन समितिकी कर्मचारी तथा तथ्यांक सहायक मायादेवी राजवंशीले भनिन्, ‘अधिकार नहुँदा अहिले समितिमा रहेका १२ कर्मचारीले बजारमा आउने तरकारीको तथ्यांक राख्ने, सार्वजनिक गर्ने र कार्यालयको रेखदेख गर्नेबाहेक कुनै पनि काम गरेका छैनन्।’

व्यवस्थापकको सरुवापछि बजारभित्र केही समस्या भए, बढी मूल्यमा तरकारी तथा फलफूलको बिक्री वितरण गरे वा कृषिजन्य बाहेक अन्य सामग्री बिक्री गरे अनुगमन गर्ने अधिकार नभएको राजवंशीले बताइन्। यसअघि यो व्यवस्थापन समिति केन्द्रीय सरकारअन्तर्गत तत्कालीन जिल्ला कृषि विकास कार्यालय झापाले हेर्दै आएकोमा अहिले कृषि विकास कार्यालयलाई पनि कृषि ज्ञान केन्द्रमा परिवर्तन गर्दै समिति हेर्ने अधिकार कटौती गरिएपछि अन्योलता उत्पन्न भएको छ। अहिले यो केन्द्र, प्रदेश वा स्थानीय कुन तहले हेर्ने भन्ने अन्योल हुँदा यस्तो समस्या आएको तत्कालीन बजार व्यवस्थापक तथा बजारविज्ञ सुरेशकुमार कामतको भनाइ छ। आफू व्यवस्थापक हुँदै असोज २३ गते कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रमा पत्राचार गर्दै कसको मातहत रहने भन्ने निर्णय चाँडो गर्न भने पनि अहिलेसम्म कुनै निर्णय नभएको उनले बताए।

‘पुस १७ गते केन्द्र छोडे पनि आफूले अन्य कर्मचारीलाई अधिकार दिने कुरा पनि भएन’, उनले भने, ‘केन्द्रले पनि कुनै अधिकार नदिँदा १२ कर्मचारी अन्योलमा छन्।’ कामत नहुँदा निमित्त व्यवस्थापकको रूपमा काम गर्दै आएकी तथ्यांक सहायक राजवंशीले कृषि विकास कार्यालय खारेज भएपछि आफूहरूले तलबसमेत नपाएको बताएकी छन्। उनका अनुसार, कृषि बजार व्यवस्थापन समितिमा काम गरिरहेका १२ कर्मचारीले कात्तिकदेखि तलब सुविधा पाएका छैनन्। ‘केन्द्रका प्रमुख राजेन्द्रप्रसाद मि श्रसँग तलब नपाएको र व्यवस्थापन नभएको विषयमा जानकारी गराएँ’, उनले भनिन्, ‘अहिले काम चलाउँदै गर्नूमात्रै भन्नुभयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.