पैनीमा डुबेर वृद्धाको मृत्यु
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका- ६ जनजागृति टोलकी ५३ वर्षीय जीतमाया लिम्बूको घर नजिकैको पैनीमा डुबेर मृत्यु भएको छ। पैनीमा घोप्टो परेर डुबेको अवस्थामा बुधबार बिहान शव फेला परेको हो। मादक पदार्थ सेवन (मापसे) गरेर मंगलबार साँझ घर फर्कने क्रममा लिम्बू पानी बगिरहेको पैनीमा लडेको र उठ्न नसकेपछि त्यहीं डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार गाउँबाट मापसे गरेर लिम्बू आफ्नो घरतिर फर्कने क्रममा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अत्यधिक मापसेका कारण लडेको ठाउँबाट उठ्न नसकेको र त्यहींको पानीमा डुबेर मृत्यु भएको राईले बताए।