जथाभावी पार्किङ गरे 'ह्वील लक'

जथाभावी पार्किङ गरे 'ह्वील लक'

काठमाडौं : तपाईं सवारी साधन चलाउनुहुन्छ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला। ट्राफिकले 'ह्वील लक' (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न 'ह्वील लक' लगाउने कार्य सुरु गरेको छ। 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत 'ह्वील लक' लगाउन सुरु गरिएको बताए। मङ्गलबारदेखि सुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा 'ह्वील लक' लगाएर चालकलाई कारवाही गरिएको छ। 

ट्राफिक प्रहरीले 'ह्वील लक' लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको 'स्टीकर' चालकतर्फको झ्यालमा टाँस्नसमेत सुरु गरेको छ। महाशाखाका अनुसार 'ह्वील लक' खुलाउन 'स्टीकर'मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ। 

यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई 'ह्वील लक' लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही सुरु गरेको हो। रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.