ब्राण्डको रुपमा विकास हुँदै योयोसो
काठमाडौं : योयोसो एक अन्तराष्ट्रिय ब्रान्ड, फास्ट फेशन डिपार्टमेन्टल स्टोर हो। यसले उच्चतहको सेवाको सिद्धान्तमा जोड दिन्छ जुन इमान्दारी, सम्पूर्णता र ग्राहकको सेवामा आधारित छ।
विश्वको मार्केटको मापदण्ड अनुसारका सामान लगभग हरेक साता पेश गरिन्छ। यस ब्राण्डले अन्तराष्ट्रिय फाष्ट फेशन जीवनशैली र खास गरी सात वर्गमा केन्द्रित छन्।
जसमा कस्मेटिकस, घरेलु सामान, फेशनका सामग्री, फेशन ब्याग, डिजिटल सामग्री, स्टेशनरी र गिफ्ट, सिजनल वस्तु, इत्यादि पर्छन्।
योयोसोका करिब पाँच सय थरीका वातावरण अनूकुल सामान उपलब्ध छन्। हाम्रो योयोसो स्टोरमा ग्राहकले गुणस्तरीय र किफायती सामानसहित हाम्रो योयोसो समर्पित टिमबाट उत्कृष्ट सेवाको अनुभव गर्न सक्नेछन्।
योयोसो नेपालमा
अन्र्तराष्ट्रिय ब्रान्ड योयोसो फ्रेन्जाइजी काठमाडौं नेपालमा अगष्ट २०१८ मा २ वटा स्टोरबाट प्रारम्भ गरिएको थियो।
पहिलो स्टोर सिटी सेन्टरमा खोलिएको थियो भने दोस्रो पुल्चोक, ललितपुरमा खोलिएको थियो। हाम्रो स्टोरका विश्वसनीय र उचित मूल्यका सामान भएकाले धेरैले रुचाएका छन्।
योयोसाका सामानको मूल्य १२५ देखि तीन हजारसम्म पर्छ। सात वटा वर्गमा विभाजन भएका हाम्रा सामान पाँच हजार बढी छन् भने हरेक महिना तीन सय थरीका नयाँ सामग्री थपिन्छन्।