यातायातका पूर्वमहानिर्देशक विरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेकोले आरोपमा करिब डेढ करोड विगोसहित श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता मदन कोइरालाले जानकारी दिए।
हाल वन तथा बातावरण मन्त्रालयको सह–सचिव पदमा कार्यरत छन्। समायोजनका लागि तयार पारेको विवरणमा श्रेष्ठ पाँच नम्बरका सहसचिव हुन्। श्रेष्ठविरुद्ध १ करोड ३४ लाख ५७६ विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको छ।