बसको ठक्‍करबाट मृत्यु

बसको ठक्‍करबाट मृत्यु

विराटनगर : मोरङको बेलबारी नगरपालिका-१० स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार यात्रुबहाक बसको ठक्‍करबाट भोजपुर घर भएका ७२ वर्षीय खडानन्द पराजुलीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख १९८८ नम्बरको यात्रुबाहक बसले दिउँसो १२ बजे ठक्‍क दिंदा पराजुली घाइते भएका थिए।

मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार ठक्‍करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोवेल मेडिकल कलेज विराटनगरमा दिउँसो ४:३० बजेतिर मृत्यु भएको हो।

बस र चालक सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३६ वर्षीय गिरेन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.