कोसी अञ्चाल अस्पताल पुगे स्वास्थ्यमन्त्री यादव

कोसी अञ्चाल अस्पताल पुगे स्वास्थ्यमन्त्री यादव

विराटनगर : स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधबार विराटनगरको कोसी अञ्चल अस्पतालको  निरीक्षण गरेका छन्।  

कोसी अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको र रेफर सेन्टरको रुपमा विकसित हुँदै गएको गुनासो बढेपछि मन्त्री अस्पताल पुगेका हुन्। 

सरकारी र विपन्न वर्गले उपचार गर्ने थलोका रुपमा चिनिएको अस्पतालमा बिहान ९ बजे मन्त्री पुगेका हुन्। अस्पतालको निरीक्षणमा तीन घण्टा खर्चिएका मन्त्री यादव अस्पतालको प्रत्येक वार्डमा पुगे। उनले चिकिसत्क र कर्मचारीसँग अस्पतालले बिरामीलाई दिँदै आएको सेवाका बारेमा जानकारी पनि लिए।

 
मन्त्री यादवलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मीनारायण यादवले अस्पतालको वर्तमान अवस्था चुनौती र सुधारका लागि गर्नु पर्ने कार्यका बारेमा लिखित पत्र बुझाएका छन्।

मन्त्री यादवले अस्पतालका प्रत्येक विभागका प्रमुखसँग अस्पतालको समस्या र सुधार गर्नुे पर्ने विषयमा छलफल गरेका थिए। अस्पतालका प्रसूति तथा महिला रोग विशेषज्ञ डा. संगीता मिश्रले  जनशक्ति र आधुनिक उपकरणको अभावमा चाहेर पनि गुणस्तरीय सेवा दिन नसेकेको बताइन् । 

अस्तालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देले मेडिसिन विभागमा चाहिने जनशक्ति र प्रविधिको अभाव रहेको बताए। उनले कोसी अस्पताललाई रेफर सेन्टरबाट बचाउन सुविधा सम्पन क्याथ ल्याब, अक्सिजन प्लान्ट र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न मन्त्री यादवलाई आग्रह गरे। 

स्वास्थ्य मन्त्री यादवले अस्पतालको सबै समस्यालाई समेटेर लिखित रुपमा विवरण पठाउन अस्पताल प्रशासनलाई निर्देशन दिए। उनले सरकार कोसी अञ्चल अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक हिसाबबाट संचालन गरेर सर्वसाधारण जनतालाई सेवा दिन लागि परेको बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.