चोरिएका राँगा भैंसी मासु उद्योगमा

चोरिएका राँगा भैंसी मासु उद्योगमा

वीरगन्ज : वीरगन्जस्थित मासु उत्पादन उद्योगले चोरीका राँगाभैंसी किनेर मासु निर्यात गर्दै आएको फेला परेको छ। वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहास्थित मासु उत्पादक हिरो बफ मिट सप्लायर्सले किसानका घरगोठबाट चोरिएका राँगाभैंसीको मासु निर्यात गरिरहेको भेटिएको हो।

वीरगन्ज–२९ मुसौलीका किसान रामायण यादवको एउटा भैंसी गत सोमबार राति चोरी भयो। उनको गोठबाट चोरिएको भैंसी मिट सप्लायर्सको वधशालामा काटेर मासु प्याकिङ गर्दै गरेको अवस्थामा मंगलबार बिहान फेला परेपछि उद्योगको कर्तुत बाहिर आएको हो। केही स्थानीयको सहयोगमा मंगलबार बिहान उद्योगमा पुगेको प्रहरीले चोरीको भैंसी काटेर मासु तयार गरिरहेको फेला पारेको थियो।

राँगाभैंसी चोरेर उद्योगमा पुर्‍याउने र काटेर मासु तयार पार्नमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भैंसी चोरेर उद्योगमा पुर्‍याउने पर्साको पर्सागढी नगरपालिका–४ झब्राहाका २१ बर्से बाजु देवान र २२ बर्से करार देवान, उद्योगका सुरक्षा गार्डद्वय हरिन्द्र पटेल र विजय लामा, भैंसी काट्ने मोहम्मद आजाद र कासी पाण्डे, उद्योगका म्यानेजर ज्ञानेन्द्रराज भण्डारी र व्यवस्थापन हेर्ने पिन्टु तिवारीलाई मंगलबार बिहान नियन्त्रणमा लिएको थियो।

पक्राउ सबैलाई वडा प्रहरी कार्यालय श्रीपुरमा मंगलबार दिनभरि राखिएको थियो। तर प्रहरीले ८ मध्ये ५ जनालाई मंगलबार बेलुकी नै छाडिदिएको छ। भैंसी चोरीमा संलग्न बाजु र करार तथा सुरक्षागार्ड पटेललाई मात्र प्रहरीले हिरासतमा राखेको छ। घटनामा ८ मध्ये ५ जनाको संलग्नता नदेखिएकाले उनीहरूलाई मंगलबार बेलुकी नै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

वीरगन्ज महानगरपालिकाको सौराहा भवानीपुरी गाँउमा रहेको हिरो बफ मिट सप्लायर्स उद्योग। 

‘प्रहरी हिरासतमा २ जना चोर र १ जना सुरक्षागार्ड मात्र छन्, अरु ५ जनालाई सोधपुछका लागि मात्र ल्याइएको थियो’, डीएसपी राईले भने, ‘भैंसीधनीलाई बोलाएका छौं, उनी आएपछि प्रक्रिया अगाडि बढ्छ।’ डेढ दशकयता सञ्चालनमा रहेको हिरो बफ मिट सप्लायर्समा चिनियाँ व्यापारीको लगानी छ। ४ महिनायता भने अर्का चिनियाँ व्यापारी छिआओ हेङबाओ सञ्चालक रहेको मोक्तान बफ इन्टरप्राइजेजले लिजमा लिएर उद्योग चलाइरहेको छ।

 केही स्थानीयको सहयोगमा मंगलबार बिहान उद्योगमा पुगेको प्रहरीले चोरीको भैंसी काटेर मासु तयार गरिरहेको फेला पारेको थियो।

व्यापारी वा किसानले राँगाभैंसी बेच्न ल्याउँदा हाट बजार समिति वा स्थानीय तहलाई कर तिरेको रसिद उद्योगको गेटमा अनिवार्य देखाएपछि मात्र सुरक्षागार्डले प्रवेश दिने गरेका छन्। ‘कसैले पनि रागाँभैंसी बेच्न ल्याउँदा हाट बजारमा कर तिरेको वा स्थानीय तहको सिफारिस पुर्जी देखाएपछि मात्र सुरक्षागार्डले भित्र छिर्न दिने उद्योगको नियम छ’, डीएसपी राईले भने, ‘तर सोमबार राति बिनापुर्जी चोरीको भैंसी उद्योगभित्र लगेर काटेको अवस्थामा फेला पर्‍यो, यसमा उद्योगका कर्मचारीको पनि मिलेमतो देखिन्छ।’

हिरो बफ मिट सप्लायर्स उद्योग सञ्चालन गर्दै आएको मोक्तान बफ इन्टरप्राइजेजका सञ्चालक चिनियाँ व्यापारी हेङबाओले भने कर तिरेको रसिद वा स्थानीय तहको सिफारिस पुर्जी लिएर आउने राँगाभैंसी मात्र उद्योग भित्र छिर्न दिने गरिएको बताए। ‘तर सोमबार राति एउटा भैंसी कसरी छिर्‍यो त्यसबाट हामी पनि अचम्ममा परेका छौं’, उनले भने, ‘यसमा संलग्न उद्योगका सुरक्षा गार्डलाई कारवाही हुनै पर्छ। त्यसमा हामी पनि प्रहरीलाई सहयोग गर्छौं।’

उद्योगमा चोरीका भैंसी काटेको खबर बाहिरिएपछि यसअघि भैंसी चोरी भएका किसान पनि त्यहाँ पुगेका थिए। उनीहरूले आफ्ना भैंसी पनि चोरहरूले त्यहीं बेचेको भन्दै उद्योगबाहिर साँझसम्म धर्ना पनि दिए। साँझ उद्योगको गेटअगाडि भेटिएका झब्राहा गाँउका किसान भगेलु गुरौ थारुले पुस १३ गते गोठबाट भैंसी चोरी भएको र त्यो उद्योगमा ल्याएर बेचेको हुन सक्ने बताए। उनले भने, ‘अहिले पक्राउ दुवै चोर मेरै गाँउका हुन्, त्यसैले मेरो भैंसी पनि यिनीहरूले नै चोरेर यो कारखानामा बेचेको हुनुपर्छ।’ उनले झब्राहाबाट डेढ महिनामा १६ भैंसी चोरिएका छन्। गाँउबाट चोरिएका भैंसी, छिमेकी गाँउ र हाटबजारमा खोज्दा एउटै पनि फेला नपरेको भन्दै उनले भने, ‘चोरीको भैंसी उद्योगमा ल्याएर काट्ने गरिँदो रहेछ, अनि बाहिर गाँउमा खोज्दा कसरी भेटिन्छ त ? ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.