डा. केसीको समर्थनमा मौन र्‍याली

डा. केसीको समर्थनमा मौन र्‍याली

इलाम : सरकारले सम्झौता कार्यान्वयन नगरको भन्दै बुधबार अनशन सुरु गरेका डा. गोविन्द केसीका पक्षमा स्थानीयले पनि समर्थन जनाएका छन् ।

इलाममा बिहीबार दिउँसो स्थानीय महिलाले मौन र्‍याली निकालेर डा. केसीको पक्षमा समर्थन जनाएका हुन् । अनशनको दोस्रो दिन इलाम नगरपालिकामा महिलाले निकालेको मौन र्‍यालीमा महिला अधिकारकर्मीको उल्लेख्य सहभागिता थियो ।

र्‍याली अनशनस्थल इलाम नगरपालिकाको फुलगाछीबाट ठूलो टुँडीखेल, नविनचोक, मालापथ हुँदै पुनः चोक बजारमा आएर सम्पन्न भएको थियो ।

र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै महिला अगुवा विष्णु दाहालले सरकार अधिनायकवादी भएको भन्दै आक्रोश पोखिन् । ‘सरकार केही नसुन्ने केही नदेख्ने भएको छ', उनले भनिन्, 'यसलाई जनपक्षीय बनाउनु पर्छ ।’

केसीले गरिब, निमुखा जनताको पक्षमा लडेकाले आफूहरु पनि उनको समर्थनमा पुगेको उनको भनाइ थियो । केसीले सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसद्‍मा पठाएको भन्दै बुधबार अपरान्ह ५ बजेबाट इलाममा अनशन सुरु गरेका हुन् ।

उनले ६ बुँदे माग अघि सार्दै देशमा कायम रहेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । केसीले १५ औं अनशनका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.