ललितपुर तुइनमुक्त

ललितपुर तुइनमुक्त

ललितपुर : ललितपुर हालै मात्र तुइनमुक्त भएको छ। वाग्मती गाउँपालिकाको प्युटारमा दसैंअघि पुल बनेको छ। अध्ययनका क्रममा मुलुकभर एक सय ८७ वटा तुइन छन्। तीमध्ये ललितपुरभित्र आठ छन्।

अध्ययनले आठ वटा तुइन देखाए पनि चार स्थानमा पुल बनाउन आवश्यक छैन। तर अन्य चार ठाउँका तुइन विस्थापित गर्दै झोलुंगे पुल बनाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइ ललितपुरले जानकारी दिएको छ। यद्यपि बनेका पुल भने पर्याप्त नभएको स्थानीयको भनाइ छ।

वाग्मती गाउँपालिकाको गिम्दी, हुचिबेंसी, सुवानीबेंसी र आश्राङमा हालै झोलुंगे पुल बनेको जिल्ला आयोजना कार्यान्वयन इकाइ ललितपुरका निमित्त आयोजना प्रमुख वीरबहादुर रावलले बताए। ‘कतिपय स्थानमा व्यक्तिगत प्रयोजनका लागि बनाइएका र कतै पुल बनिसकेको अवस्था रहेकाले चार ठाउँमा पुल बनाउनु नपरेको हो’, उनले भने।

गिम्दी, सुवानीबेंसी र आ श्राङमा सुधारिएका तुइन थिए। प्युटारमा दसंैअघि मात्र तुइन हटेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए। प्रत्येक ४५ मिनेटको दूरीमा पुल आवश्यक हुन्छ। तर पुल तर्नका निकै लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

गाउँमा पुल बनेर निकै खुसी लागेको गिम्दीकी स्थानीय सोमकुमारी दुलालले बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.