डा. केसीको स्वास्थ्यमा समस्या

डा. केसीको स्वास्थ्यमा समस्या

इलाम : सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएको हो। 

राति समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। राति डा. केसीको प्रेसर घटेको थियो।  रगत परीक्षण गर्न चिकित्सकको टोलीले अनुरोध गरेपनि अस्वीकार गरेको उनका समर्थक धर्म गौतमले जानकारी दिए। 

शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपनि बिहान रगतको नमूना लगिएको थियो। डा. रामकृष्ण आचार्यले डा. केसीको ब्ल्डप्रेसर निक्‍कै कम र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी दिए। दिउँसो डा. केसीले कसैलाई प्रतिक्रिया दिएनन्। दिनभर रातमा जस्तो समस्या नदेखिएको अर्का समर्थक देवराज भारद्धाजले जानकारी दिए। उनले भने 'अहिले खासै समस्या देखिएको छैन।'

 
डा. केसीले सरकार इमान्दार नभएकाले १६औं सत्याग्रह बस्नु परेको बताएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भएपनि यसमा निश्चित नीजि मेडिकल कलेजमा नेताको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताए। 

उनले तीन करोड नेपालीसँग सरकारले वेइमानी गरेको गुनासो गरेका छन्। चिकित्सा शिक्षा विधेयकमा माफियामूखी बुँदा राखेको उनको आरोप छ। उनले सम्झौतालाई तोडमोड गरेर माफियाको पक्षमा ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

डा. केसी समर्थनले निकालेको र्‍यालीमा सहभागी । तस्बिर : तोयानाथ भट्टराई

सत्याग्रको तेस्रो दिन इलाम नगरपालिकामा नागरिकले केसीको पक्षमा मौन र्‍याली निकालेका छन्। सत्याग्रहस्थल इलाम नगरपालिकाको फुलगाछीबाट ठूलो टुडीखेलसम्म र्‍याली गर्दै उनीहरुले केसीलाई एक्लै नसम्झन आग्रह गरेका छन्। 

पाँचथरको यासोकबाट केसीको अनसनमा ऐक्यवद्धता जनाउन आइपुगेका मिनकुमार अगुवा (लिम्बू)ले बहुमतको भरमा सरकारले जनतालाई रैतिको व्यवहार गरेको बताए। उनले भने, 'नागरिकले व्यवस्था परिवर्तनका लागि गरेको बलिदान यस्तो सरकारका लागि थिएन।'

सरकारका गलत क्रियाकलापका विरुद्ध केसीले जस्तै निस्वार्थी अभियान चलाउनुपर्ने उनले बताए। केसीले सम्झौता विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै बुधबार अपरान्ह पाँच बजेबाट इलाममा सत्याग्रह सुरु गरेका हुन्।

उनले ६ बुँदे माग अघि सारेका छन्। उनले अहिले देशमा भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए। केसीले द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधमा उन्मुक्तिको व्यवस्था गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । कासीले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन्।

यस अघि शिक्षा विधेयकका २२ बुँदा संसोधन गर्ने सहमति भएको थियो। केसी गत असार १६ गते १५औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा. केसीको १५औं अनसन २७ दिनमा तोडिएको थियो। केसीले इलाम नगरपालिकाको फुलगाछिमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह सुरु गरेका हुन्। 

डा. केसी समर्थनले निकालेको र्‍यालीमा सहभागी । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.