पेस्तोल भेटियो
ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नजिकैको जंगलमा पेस्तोल भेटिएको छ।
प्रहरीले गस्ती गर्ने क्रममा फुङलिङ नगरपालिका ७ को सामुदायीक वनमा पर्ने नर्सरी जङ्गलमा रिभल्वर पेस्तोल र गोली फेला पारेको हो।
‘जङ्गलको बीचमा रहेको ढुङ्गाको च्यापभित्र कालो प्लाष्टिकको झोलाभित्र लुकाइएको अवस्थामा गस्ती टोलीले तीन राउण्ड गोलीसहित रिभल्वर पेस्तोल भट्टाएको हो,’ थापाले भने, ‘हतियार कसले लुकायो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’