डा. केसीको स्वास्थ्य बिग्रँदै

डा. केसीको स्वास्थ्य बिग्रँदै

इलाम : सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औ सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थमा थप समस्या देखिएको छ। बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएकाले केसीको स्वास्थ अवस्था थप बिग्रँदै गएकोे डाक्टरले बताएका छन्। 

उनलाई शरीर दुख्ने र हलचल गर्न समस्या भएको डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए। डा. केसीलाई शौचालय पनि समातेर लान पर्न थालेको उनले बताएका छन्। 

शुक्रबारसम्म भुँईमा सुतेका केसीलाई सत्याग्रहको चौथो दिन शनिबारदेखि बेडमा सारिएको छ। उनको रगतमा ग्लोकुजको कमी देखिएको इलाम अस्पतालको चिकित्सको टोलीले जनाएको छ।  

शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपछि बिहान रगतको नमुना लगिएको थियो। डा. रामकृष्ण आचार्यले डा. केसीको ब्लडपे्रसर निक्कै कम भएको र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी दिए। आचार्यले डाक्टर बोल्ने अवस्थामा नरहेको बताए। केसीको समर्थनमा स्थानीयले दिउँसो १२ बजे ¥याली निकाल्ने तयारी गरेका छन्। 

डा. केसीले सरकार इमान्दार नभएकोले सोह्रौ सत्याग्रह बस्नु परेको बताउँदै आएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भए पनि यसमा निश्चित निजी मेडिकल कलेजमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताए। 

उनले तीन करोड नेपालीसँग सरकारले बैइमानी गरेको गुनासो गरेका छन्। चिकित्सा शिक्षा विधेयकमा माफियामुखी बँुदा राखेको उनको आरोप छ। उनले सम्झौतालाई तोडमोड गरेर माफियाको पक्षमा ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै बुधबार अपरान्ह  पाँच बजेबाट इलाममा सत्याग्रह सुरु गरेका हुन्। उनले ६ बुदे माग अघि सारेका छन्।  

उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न माग गरेका छन्। यस अघि शिक्षा विधेयकका २२ बुदा संसोधन गर्ने सहमती भएको थियो। 

केसी गत असार १६ गते १५ औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा. केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो। केसीले इलाम नगरपालिकाको फुलगाछिमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह शुरु गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.