महाभारतको नैतिक शिक्षा : यी नौ काम कहिल्यै नगर्नू !

महाभारतको नैतिक शिक्षा : यी नौ काम कहिल्यै नगर्नू !

काठमाडाैं : महाभारत साथै अन्य धर्मग्रन्थहरुमा केही यस्ता काम उल्लेख छन्, जुन मानव जीवनमा गर्न नहुने भनी नैतिक शिक्षाको रुपमा ब्याख्या गरिएको छ ।

धर्मग्रन्थ अनुसार यस्ता काम गर्दा पाप लाग्ने विश्वास पनि गरिन्छ । महर्षि वेद व्यासले महाभारतको १८ पर्वमा अलग अलग पात्रको संवाद मार्फत यस्ता केही काम मानव जीवनमा गर्न हुने र नहुने भनी छुट्याएका छन् ।

महाभारतमा पाप र पुण्यका अलग अलग फल समेत मिल्ने पनि दावी गरिएको छ । उक्त ग्रन्थका अनुसार हरेक मानिसलाई पाप र धर्म के हो भन्ने नैतिक शिक्षा थाहा पाउनु जरुरी ठानिएको छ । हिन्दु धर्मावलम्वीको आस्थाको स्रोत मानिने महाभारतले धर्म वा पापको रुपमा गरेको ब्याख्या आधुनिक मानव जीवनका लागि समेत नैतिक शिक्षा हुने टिप्पणी हुँदै आएको छ ।


–महिलाको अपमान गर्नु पाप हो । साथै गर्भवती र महिनावारीको समयमा कुनै महिलालाई अपमान गर्नु त महापाप नै हो । यदी यस्तो काम कुनै व्यक्तिले गर्छ भने उसलाई कहिल्यै सुख मिल्दैन ।


–अरुको धन पाउने इच्छा पनि पाप हो ।


–कोही असल मान्छे वा जीवलाई अनाहकमा दुख, कष्ट दिनु, नोक्सान पुर्याइदिनु, उसलाई अप्ठ्यारो पार्नु पनि पाप हो ।


–सही र गलत थाहा पाउँदा पाउँदै पनि गलत काम गर्नु पाप हो ।


–पर–स्त्री वा पर–पुरुषप्रति नकारात्मक नजरले हेर्नु वा उनीहरुलाई पाउने कोसिस गर्नु पनि पाप हो ।


–गकसैप्रति षड्यन्त्र गर्नु, अरु विरद्ध छलकपट रच्नु पाप हो ।


–साना बालबालिका, महिला र आफू भन्दा कमजोर मान्छेमाथि हिंसा गर्नु, असामाजिक काम गर्नु पाप हो ।


–गुरु, माता, पिता, पत्नी वा पूर्वजहरुको अपमान गर्नेहरुलाई पनि क्षमा मिल्दैन ।


–नशा लिनु, दानबाट आएको रकम फिर्ता लिनु पनि पाप हो । कुनै पनि किसिमका असामाजिक काम गर्नेलाई पनि सुख हुँदैन ।

(एजेन्सीबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.